मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ ।
उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ ।कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् ।कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।