




तमोर नदी क्षेत्रमा जीप खस्दा ६ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट पाँचजनाको शव निकालिएको जनाइएको छ, भने अर्को एउटा शव निकाल्ने तयारीमा रहेको छ । उनका अनुसार ६ जना घाइते भएको र तीमध्ये एक जनालाई उपचारका लागि फिदिम पठाइएको र बाँकी पाँच जनालाई धरान पठाइएको बताइएको छ ।