Sunday, October 26, 2025

छठ पर्वलाई लक्षित गर्दै छपकैयामा छठघाटको सरसफाइ सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंज सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा नेपाल प्रहरी तथा स्थानीयहरु सहभागितामा छठघाट सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ छपकैया स्थित छठघाटमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२, पर्साको आयोजनामा गरिएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय समुदाय, प्रहरी, समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सो कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष डाक्टर हाजी ग्यासुदिन ठकुराईले गर्नुभएको छ, भने वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको प्रमुख अतिथि तथा वडा नम्बर २ का वडा अध्यक्ष रेयाज आलमको विशिष्ट अतिथिमा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी निरीक्षक विक्रम सुवेदीले छठ पर्व जस्तो सांस्कृतिक, धार्मिक र सामाजिक महत्वको पर्वमा सरसफाइलाई प्राथमिकता दिनु सबैको कर्तव्य भएको बताउनुभएका छन् ।
प्रहरी निरीक्षकले सामुदायिक सहकार्य र प्रहरी–जनताको साझेदारीले मात्र स्वच्छ र सुरक्षित वातावरण कायम गर्न सकिने भन्दै निरन्तर यस्ता गतिविधि आवश्यक रहेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र पर्साका अध्यक्ष डाक्टर हाजी ग्यासुदिन ठकुराईले सरसफाइलाई समाजको नैतिक जिम्मेवारीको रूपमा लिनुपर्ने बताएका छन् ।
छठ पर्व पवित्र पर्व हो, जसले आत्माको शुद्धीकरण गर्छ। छठघाटलाई सर सफा राख्नु हाम्रो साझा कर्तव्य पनि हो डाक्टरले बताएका छन् ।
वडा अध्यक्ष रेयाज आलमले छठ पर्वमा स्वच्छता, सद्भाव र सहअस्तित्वको सन्देश फैलाउने अवसर रहेको बताउँदै सम्पूर्ण वीरगंजवासी तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई छठ पर्वको अवसरमा शुभ स्वास्थ्य, दिर्घायु र सुख–शान्तिको शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका पदाधिकारी, स्थानीय बासिन्दा, युवाहरु र उत्साहजनक उपस्थिति रहेको बताइएको छ ।
सरसफाइ अभियान अन्तर्गत छठघाट क्षेत्रको फोहर व्यवस्थापन, पोखरी किनारको सरसफाइ र घाँस–फोहरा हटाउने कार्य गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles