Sunday, October 26, 2025

छठपर्वलाई लक्षित गर्दै छठघाटको पोखरीहरुमा सुरक्षाको कडा तयारी:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका बिरगंजमा छठपर्वलाई लक्षित गर्दै घडिअर्वा पोखरीलगायतका छठघाटहरुमा सुरक्षाकर्मीद्वारा कडा व्यवस्था मिलाइएको छ ।

पर्साका महानगर सुरक्षामा त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरूको प्रतिबद्धता रहेको जनाइएको छ ।

पर्साका वीरगञ्ज सदरमुकाममा छठघाटको सुरक्षामा त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरूको प्रतिबद्धता रहेको जनाइएका छन् |

पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले छठ पूजाका लागि वीरगञ्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा ब्रतालु तथा भक्तजनहरूको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिबद्धता रहेको जनाएका छन् । छठघाटका समितिका अध्यक्ष साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, समितिका पदाधिकारी तथा घडिअर्वा स्पोट्र्स क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles