Sunday, October 26, 2025

बारा,सर्लाही,महोत्तरी,राैतहट, र धनुषुबाट तस्करी सुरु:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल नम्बर दुई छिन्नमस्ता बाहिनी मुख्यालयदेखि काठमाडौंबाट खटिईएर आएका अनुगमन शाखाको सेटिङमा व्यापक मात्रा संगठित तस्करी माैलाएको पाइएको छ । मधेस प्रदेशका सिमा नाकाहरु बाराका मुसहर्वा, छतवा, बरईनिया,मटिअर्वा, पिपरपाती,तिनगछिया, बेलदारी,बेनाैली,यस्तै महोत्तरीका,सिमानाकाहरुखैयरबनी,रघुनाथपुर, भिट्टामोड, पोखरभिन्डा,मनराकट्टी,
बथनाहा, मटिहानी, र सर्लाहीका नाकाहरु बलरा, हिरापुर,पर्सा, त्रिभुवननगर, टावर, गोरखकाली, मधुबन्ी लगायतकानाकाबाट रोकिएन तस्करी ।

देशमा बदलाव आए पनि मधेश प्रदेशमा तस्करी जस्ताको तस्तैजेनजी विद्रोहपछि देशमा परिवर्तन आएको छ तर मधेश प्रदेशमा भने तस्करी व्यापक बढेको छ। जेनजी आन्दोलनको समयभन्दा पहिलेदेखि तस्करी नियन्त्रण गर्ने निकायहरुकै मिलोमतोमा भइरहेको तस्करी विद्रोहपछि झन् फस्टाएको छ । पर्सादेखि धनुषासम्म भइरहेको तस्करीले मधेश प्रदेशलाई तस्करीको स्वर्णभूमि बनाइदिएको देखिएको छ ।जेनजी विद्रोहको क्रममा विभिन्न कारागार तथा प्रहरीको थुनुवा भई अनुसन्धानको क्रममा रहेका आरोपी अपराधीहरु बाहिर आएपछि सुरक्षाको चुनौती बढेको अवस्थामा तस्करी झन् फस्टाएको हो ।आन्दोलनको क्रममा मधेश प्रदेशका विभिन्न प्रहरी चौकी तथा इलाका कार्यालयहरु विस्थापित भएका थिए । कैयौँ कार्यालयमा आगजनीसमेत भएको थियो । मधेश प्रदेशमा प्रहरी कार्यालयमाथि आक्रमण हुँदा १३ पूर्ण क्षति ग्रस्त भएका थिए भने आंशिक ७७ प्रहरी युनिटमा क्षति पुगेको थियो । प्रदेशमा प्रहरीले प्रयोग गर्ने चारपांग्रे र मोटरसाइकल गरी ४ दर्जनभन्दा बढी सबारी साधनमा तोडफोड र आगजनी भएको थियो ।साधन र मनोबल दुवै कमजोर भएको मौका छोपी नेपाल भारत सीमा वारपार सामान ओसारपसार गर्ने समूहले निर्बाध तस्करी बढाएको छ ।तस्करी नियन्त्रण गर्न नेपाल भारत सीमा क्षेत्रमा धनुषादेखि पर्सासम्म सशस्त्र प्रहरी बलको ५८ बिओपि रहेका छन् । यसै गरी धनुषादेखि पर्सासम्म सशस्त्र प्रहरीकै प्रस्तावित ११ ओटा गुल्म पनि रहेका छन् । साथै नेपाल प्रहरीको हरेक जिल्लामा सीमा क्षेत्रमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र सीमा प्रहरी गरी ६ दर्जनभन्दा बढी युनिट सक्रिय छन् ।मधेश प्रदेशको राजधानी रहेको धनुषा जिल्लाका सबै नाकाहरुबाट तस्करी भइरहेको छ । धनुषाको इनर्वा, मैनाथपुर, धनौजी, जटही भन्सार र फुलगामाबाट तस्करी भइरहेको छ । तस्करी नियन्त्रण गर्ने क्रममा धनुषाको मैनाथपुरमा गत असार महिनामा दुई पटक गोली हानाहान भएको छ । सशस्त्र प्रहरीले माल सामान समातेपछि तस्करसित झडप हुने गरेको छ । अहिले पनि सशस्त्र प्रहरीले घुमुवा परिचालन गरेर तस्करी कार्यलाई बढावा दिइरहेको छ । सशस्त्र प्रहरी सहायक हवलदार रामजीवन यादव र सहायक हवलदार विनोद यादवले तस्करीको लाइन खोल्दै सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआइजीदेखि धनुषा प्रमुखसम्म रकम पु¥याउने गरेका छन् । दुवै सहायक हवलदारसित धनुषाका करिब सबै तस्करहरुसित साँठगाँठ रहेको छ ।यसै गरी महोत्तरी जिल्लाको पोखरभिन्डा, मनरा, मठियानी र खैरबनी नाकाबाट नेपाल भारत दुवैतिर तस्करीको सामान आउने र पठाइने गरिएको छ । सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी महोत्तरीले सहायक हवलदार सन्तोष यादव र सहायक हवलदार सुमित सिंहलाई परिचालन गरी तस्करसित रकम असुल्न गरेको छ । भारतीय क्षेत्रबाट तस्करी भएर आएका सामानहरु सिन्धुली हुँदै काठमाडौँसम्म सहजै रुपमा सुरक्षाकर्मीको मिलोमतोमा जाने गरेको विश्वस्त स्रोतको दाबी छ ।सर्लाहीको, पर्सा, नारायणपुर, छतौना, मधुवनी, सखुअवा, त्रिभुवन नगर, गोरखकाली, खुटौना, फेनहारा र बहादुरपुर नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएको छ । सर्लाहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जोसुकै प्रमुख आए पनि तस्करी रोकिँदैन । नेपाल प्रहरीकै घुमुवाहरुले तस्करसित पैसा उठाएर दुवै निकायका प्रहरी प्रमुखसम्म पु¥याउने गरेका छन् ।सशस्त्र प्रहरी बाहिनी महोत्तरीले करिब दुई हप्ता पहिले सन्तोष यादवको कमान्डमा सर्लाहीको तस्करीको सामान पक्राउ गर्न सादा पोसाकमा घुमुवा खटाएको थियो । संग्रामपुर नाकाबाट लाखौं मूल्य बराबरको दुई मोटरसाइकलमा कपडा पक्राउ गरेको थियो तर तस्करीमा संलग्न प्रहरी युनिटलाई कुनै कारबाही नगरी मोलतोल गरेर तस्करीलाई संस्थागत गरिदिएको थियो ।सर्लाहीमा गत हप्ता मधेश प्रदेश ०३–००२ ख ३०६८ र २३८० नम्बरका दुई ओटा ट्रक सर्लाहीको गडहिया डुमरियास्थित चोकमा चाइनिज आँप र स्याउ स्थानीयले प्रक्राउ गर्न माथिल्लो निकायलाई जानकारी गराएका थिए । तर सशस्त्र प्रहरीको मिलोमतोमा दुवै ट्रकलाई सर्लाहीको पश्चिमी नाकाबाट हटाएर पूर्वी नाका सखुअवाबाट भारतमा पठाउन लगाएको थिए । सशस्त्र प्रहरीले उक्त नम्बरको ट्रक कतै फेला नपरेको तथा सूचना दिनेले गलत सूचना दिएको जानकारी माथिल्लो निकायमा पठाइएको विश्वस्त स्रोतको भनाइ छ ।गत साउनमा २९ गते रौतहटमा भएको चर्चित चिनी कान्डपछि बन्द रहेको तस्करी जेनजी आन्दोलनसँगै फेरि बौरिएको छ । जिल्लाको बंकुल, रामपुरखाप, नरकटिया, बसिर चौक, जयनगर, महुलिया, मठिया, औरैया, बन्जरहा, गौर, टिकुलिया, महादेवपटि र बेलबिछवा नाका हुँदै तस्करी भइरहेको छ । रौतहटमा देशको सबैभन्दा ठुलो पानी परेको बेला आएको बाढीमा पनि बागमती र बकैया नदी भएर रक्सीको ठुलो तस्करी भएको थियो । ट्रयाक्टरको ट्युबमा हावा भरेर रक्सीको बोरा नै त्यससित बाँधी पानीमा बगाउँदा सजिलै भारत पुग्ने गरेको थियो । तस्करीको लागि रौतहटमा लामो समयदेखि जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर सरोज डल्लाकोटीले युनिट इन्चार्जमार्फत तस्करीको लाइन मिलाउने गरेका छन् । इन्स्पेक्टर डल्लाकोटीले जिल्लाका प्रहरी कार्यालय प्रमुखदेखि डिआइजीसम्म तस्करीको पैसा पु¥याउने व्यवस्थापन गर्ने गरेका छन् ।यसै गरी बाराको कचोर्वा, सिमरौनगढ, पिपरपाती, खजानी, बेलदारी, कबहीगोठ, मटिअर्वा, फुलबरिया, छतबा बरैनिया, मुसहर्वा नाकाबाट व्यापक तस्करी भइरहेको छ । प्रदेशको सबैभन्दा तस्करी बाराकै नाकाबाट हुने गरेको छ । तस्करहरुको लागि स्वर्णभूमि बनेको बारामा सशस्त्र प्रहरीले छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी सुनिल यादवलाई घुमुवाको रुपमा परिचालन गरेको छ । यादव बाहिनीबाट बारा आएर सबै तस्करसित पैसा असुल गरी बाराका एसपिदेखि बाहिनीसम्म बिचौलियाको काम गरिरहेको स्रोतको दाबी छ ।नेपाल भारततिर स्याउ, चाइनिज आँप, भेप, कस्मेटिक सामान, गाईगोरु आदि तस्करी हुने गरेका छन् । यस्तै चाइनिज स्टील तथा कबाड पनि भारततिर तस्करी हुने गरेका छन् । यसै गरी भारतबाट नेपालतिर कपडा, किराना सामान, चिनी, मेसिनरी पाटपुर्जाको तस्करी भएका छन् ।

बारा जिल्लाको मुसहर्वा छतवा, मटिअर्वा, पिपरपाती, तीन गछिया, बेलदारी, बेनााैली नाकाबाट रोकिएन तस्करी ।
स्थानीय सुरक्षाकर्मीहरुको मिलोमतोमा तस्करी सुरु छन् ।
प्रहरी चाैकी मुसहर्वा. र बिओपी. छतवाबाट तस्करीका लाइन दिएको समान बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको नेतृत्वमा लाखौंको चिनी, अवैध कपडा, र किराना सामान मोटरसाइकलसहित पक्राउ गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण,हे.कवा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीको निर्देशनमा तस्करी रोक थाम गर्न सिमा क्षेत्रमा रहेको बिओपी, छतवा, र मटिअर्वा गुल्म, हरुलाई बारम्बार निर्देश दिएपनी तस्करी रोकिएको छैन, । ६ महिनामा प्रहरी चैकीका र बिओपी,का, प्रमुखहरु परिवर्तन हुन्छन् , तर त्याहा रहेको जवान र हवलदार दर्जाका घुमुवाहरुको सरुवा हुदैनन् , किनभने जो कोही इन्चारज आयो भने तस्करलाई चिन्ने र तस्करहरुसंग उठबस गर्ने चाहियो , कार्यालय प्रमुखहरु ६ महिनामा सरुवा हुने गरेका छन् , घुमुवाहरुको दुई वर्ष सम्म सरुवा हुदैन ।
कुनै कारण बसले घुमुवाहरु कहिले जिल्ला प्रहरीको, हे. क्वाटर वा सशस्त्रका गणमा तानिएको छन् भने एक महिना वा दुई महिना भित्रमा पुनः पुरानो ठाउमा फर्केर आउदो रहेको छन् । तस्करीका रकम खान पल्केका छन् । बारा जिल्लाका विभिन्न नाकाबाट तस्करी सुरु छन् । बाराका तस्करी हुने अहिलेको मेन नाकाहरु मटिअर्वा, छतवा, मुसहर्वा, बलिरामपुर, कवही, बेलदारी, पिपरपातीबाट तस्करी व्यापक । बाराका तस्करीमा सहयोग पुर्‍याउने गरेको तस्कर समुहका एक जनाले बताएको छ । बारामा रहेको असई. अजय पटेल, सहायक हवलदार राम कुमार पटेल, र हवलदार गेनालाल पटेल बारामा बर्सो वर्षो देखि घुमुवाको काम गरिरहेका छन् ।
नेपाल–भारत सिमानाकामा सुरक्षाकर्मीको मिलेमतोमा अवैध कारोबार फस्टाउँदै गएको स्थानीयले बताउँछन् । बारा जिल्लाको दक्षिणी सीमाक्षेत्र मुसहरवा–छतवा बरईनिया नाकाबाट दुवै देशबीच वस्तुको अवैध कारोबार (तस्करी) व्यापक रूपमा भइरहेको तथ्य उजागर भएको छ । स्थानीय स्रोत र सिमानाक्षेत्रका व्यापारीका अनुसार दैनिक राति को समयमा दर्जनौँ ट्र्याक्टर र पिकअप गाडीमार्फत विभिन्न खाद्यान्न तथा उपभोग्य वस्तुहरूको अवैध ओसारपसार भइरहेको स्थानीयले बताउँछन् ।
नेपालतर्फबाट मकै, अकरोट, लसुन, सेव, किसमिसलगायतका वस्तुहरू ठूलो मात्रामा भारततर्फ लैजाने गरिएको छ । त्यसैगरी भारततर्फबाट बदाम, हल्दी, जीरा, काजु, कुखुराको दाना, सुख्खा मर्चा, र सामग्री नेपालतर्फ तस्करी हुने गरेको स्रोत बताउँछ ।

स्थानीयहरूका अनुसार यस कार्यमा चार जना मुख्य तस्करको नियन्त्रण रहेको छ, जसले दैनिक रूपमा सवारी साधन परिचालन गरी रातभरि मालसामान ओसारपसार गराउने गरेका छन् । उनीहरूले प्रहरी र सशस्त्र सीमा सुरक्षा बलबीचको मिलेमतोमा तस्करीको ‘लाइन’ सञ्चालन गरिरहेका छन् भन्ने आरोप छ ।
स्रोतका अनुसार सशस्त्रका गुल्म पिपरपाती, सशस्त्रका गुल्म मटिअर्वा, बीओपी. (सशस्त्र सीमा छतवा प्रहरी चौकी) छतवा बरईनिया र प्रहरी चौकी मुसहरवा–बलिरामपुरबीचको सहकार्यमा तस्करी सहज रूपमा चलिरहेको छ । मुसहर्वा प्रहरी चौकीका असई. अजय पटेल र हवल्दार गेनालालले स्थानीय व्यापारी र तस्करहरूसँग सेटिङ मिलाएर तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ । उनी यसअघि लामो समयसम्म बारा जिल्लामा हवल्दारका रूपमा रहँदा घुमुवा (सूचना संकलनकर्ता) को काम गर्दै आएका थिए । असई.अजय पटेल र
हवल्दार गेनालाल पटेल पर्साका केही ट्रान्सपोर्ट व्यवसायीहरुसँग मिलेर रकमको कारोबार गरेका छन् । असई.अजय पटेल, सहायक हवलदार राम कुमार पटेल, र हवलदार गेनालाल पटेलले बारा र पर्साका तस्करहरु संग सेटिङग मिलाउने काम गरेको स्रोतले जनाएको छ । असई. अजय पटेल प्रहरी चाैकि मुसहर्वामा छन् , गेनालाल पटेल, पथलैयामा, छन् , भने रामकुमार पटेल प्रहरी चाैकी मटिअर्वामा रहेका छन् , इ तीनैजना घुमुवाको काम गरिरहेका छन् । हाजिरी एकातिर र काम अर्को तिर गरिरहेका छन् ।

बारा जिल्लाको सेमरौनगढ, बेलदारी, बेनाैली,मटिअर्वा, छतवा, बरैनिया र बलिरामपुरसम्म तस्करीको सञ्जाल सञ्चालन गरिरहेको समाचार स्रोतले जनाएको छ ।
यस तस्करी सञ्जालको समन्वय तथा घुमुवाहरुको संरक्षण बारा जिल्लामा कार्यरत वरिष्ठ सई. अरुण यादवले गरिरहेको आरोप पनि स्थानीयवासीहरूले लगाएका छन् । यादव बारा जिल्लाको ‘घुमुवा कमान्डर’ का रूपमा परिचित रहेका छन् , र उनीसँग तस्करी समूहको प्रत्यक्ष सम्बन्ध रहेको शंका व्यक्त गरिएको छ । सीमाक्षेत्रमा हुने यस्तो अवैध कारोबारका कारण सरकारी राजस्व घाटा बढ्नुका साथै स्थानीय उत्पादनमा असर परेको छ। तर, सम्बन्धित निकायले यस्ता गतिविधि नियन्त्रणका लागि ठोस पहल नगरेको स्थानीयवासीहरुको गुनासो रहेको छ ।
बाराको छतवा मुसहर्वा नाकाबाट रातिको समयमा तस्करी गरेर बदनाम भए पछि, तस्कर गिराेहले दिनको समयमा बाराकाे नाकाबाट तस्करी गर्न शुरू गरेको खबर प्राप्त भएको छ । बाराका प्रायः सबै नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गर्ने गिराेह अहिले बाराका छतवा मुसहर्वा नाकाबाट समेत तस्करी गरिरहेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै संगठनका स्थानीय प्रमुखहरुलाई मासिक रकम दिने गरि तस्करीकाे लाइन लिएको समेत खुलेको छ । नेपालबाट कस्मेटिक,मकै,अकरोट,सेव,लहसुन लगायत, र भारतबाट बदाम,जीरा,काजु,कुखुरको दाना, कुखराको चल्ला मरेका माछा एवं फूलकाे तस्करी यो नाकाबाट तस्कर गिराेहले ठूलो मात्रामा गरिरहेकाे छ ।
तस्कर समूहले भारतकाट माेटर साइकलमा सीमाबाट मरेका माछा, र फूल ल्याउने अनि सीमाबाट पिकअपमा हालेर अन्यत्र पठाउने ठूलो तस्करीकाे सिन्डिकेट चलाएको स्थानीयले बताउँछन् ।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरी ।
मधेस प्रदेशका आठ वटा जिल्लामा सशस्त्र प्रहरी बलका ५८ बिओपी र १३ प्रस्तावित गुल्म भए पनि मधेस प्रदेशभरिमा तस्करी नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles