Tuesday, February 3, 2026

नेपाल–भारत सीमानाकाको आवागमन सञ्चालन भयो:-

ताजा / भरखरै प्राप्त

छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमानाकाको आवागमन सञ्चालनमा आएको छ ।
भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधानसभा क्षेत्रमा मंगलबार मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो ।

आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहितका सीमावर्ती नेपालका बजारबाट दशगजा पारीका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउजाउ गर्न थालेका छन् ।महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार वधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै आउजाउ खुलेको हो ।

बिहारको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुवैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ ६ बजेदेखि आज साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles