Monday, February 2, 2026

पर्सा प्रहरीद्वारा वीरगञ्जको किराना पसलबाट ८ केजी गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित एक किराना पसलमा गाँजा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ८ केजी गाँजा बरामद भएको पर्साका प्रहरीले जनाएका छन् । पसलका सञ्चालक खेदु महतो धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार धानुकको पसलबाट गाँजा बिक्री भइरहेको जानकारी पाएपछि प्रहरीले छापा मारेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles