जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार भएका दुईजना थुनुवा पक्राउ परेका छन् ।लागुऔषध कसुरका बिर्तामोड नपा-८ देउनिया निवासी ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनालीलाई प्रहरीले पक्राउ परेका हो ।
उनीहरु भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए। उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।


