

जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यू र तालुक जिल्ला प्रहरी कार्यालय,कास्कीका कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीले इलाका प्रहरी कार्यालय शिशुवा,कास्कीको निरीक्षण भ्रमण गर्नुका छन् । साथै यस कार्यालयका अपराध अनुसन्धान, हिरासत व्यबस्थापन, महिला वालवालिका तथा जेष्ठ नागरिक प्रतिको सेवा र प्रहरी कन्ट्रोल रुमको काम कारवाही लगायतको बिषयमा जानकारी लिनु भएको छ, भने यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गुणराज बुढाथोकीले यस क्षेत्रको समग्र शान्ति सुरक्षाको बारेमा जानकारी गराउनु भएका छन् ।


