दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेका प्रसाईंलाई प्रहरीको टोलीले मध्यरातमा भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।
प्रसाईंले हालै दिएको अभिव्यक्ति कतिपयले भड्काउने प्रकृतिको रहेको तथा त्यसले हिंसा उत्पन्न हुन सक्ने सम्भावना देखिएकाले उनलाई समातिएको बताइएको छ। उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्दै यातायातसहित सबै क्षेत्र अवरुद्ध गर्ने दाबी गर्दै आएका थिए ।


