
पर्सा जिल्लाका वडा प्रहरी कार्यालय बिर्तामा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज, पर्साबाट तालुक रहेको प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) शान्ती राज कोईरालाको कमाण्डमा खटिएको CAP (Crime Action Plan) अनुगमन टोलीले विस्तृत निरीक्षण तथा अनुगमन कार्य सम्पन्न गरेको छ ।अनुगमन टोलीले कार्यालयमा रहेका विभिन्न संरचना तथा सेवा शाखाहरू अपराध अनुसन्धान (अ.अ.) शाखा, उजुरी शाखा, महिला तथा बालबालिका सेवा कक्ष, ज्येष्ठ नागरिक सेवा केन्द्र, हिरासत कक्ष, व्यारेकलगायत सम्पूर्ण महत्वपूर्ण स्थानहरूको स्थलगत अवलोकन गरेका छन् । निरीक्षण क्रममा टोलीले सेवाप्रवाहको अवस्थामाथि ध्यानपूर्वक समीक्षा गर्दै आवश्यक सुधार, कार्यशैली सुदृढीकरण, सेवा प्रभावकारिता वृद्धि तथा जनउत्तरदायित्वमा केन्द्रित हुनुपर्ने विषयमा महत्वपूर्ण नितिनिर्देशन तथा मार्गदर्शन प्रदान गरेको वडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदीले जानकारी दिएका छन् ।अनुगमन टोलीले विशेष रूपमा कार्यालय परिसरको स्वच्छता र अनुशासन,सेवा प्रदायक शाखाहरूको दस्तावेजिकरण अवस्था,हिरासत कक्षको सुरक्षा तथा व्यवस्थापन,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवाको पहुँच,अपराध न्यूनीकरणका लागि स्थानीय समन्वय,CAP योजनाअन्तर्गत अपराध रोकथाम तथा तत्कालीन परिस्थितिको व्यवस्थापन–प्रतिक्रिया प्रणालीजस्ता विषयहरूको विस्तृत मूल्यांकन गरेको बताइएको छ । निरीक्षण तथा अनुगमन कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदीको उपस्थितिमा सफलतापूर्वक निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।


