Monday, May 4, 2026

सशस्त्र प्रहरी पर्साले ५७ लाखको तस्करीका सामान भन्सार बुझायो:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्र.सि.सु.गुल्म वीरगञ्जबाट स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको टोली र वीरगन्ज भन्सार कार्यालयबाट ना.सु. हफिजुल्ला अन्सारी सहितको संयुक्त टोलीले जिल्ला पर्सा, बिरगंज महानगरपालिका -१० आदर्शनगर स्थित वडा कार्यालयको दक्षिणपट्टी रहेको पुरानो घरमा भन्सार छलि चोरी पैठारी गरी भण्डारण गरी राखेको अन्दाजी मूल्य रु. ५४,२८,६००,बराबरको किराना समान तथा औषधि बरामद गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
त्यसै गरी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा बाट खटिएको टोलीले विभिन्न स्थानमा गरी जम्मा रु. ३,३९,१७५ , बराबरको किराना सामान, कपडा तथा हार्डवेयरका सामानहरु बरामद गरी भन्सार कार्यालय, विरगंज बुझाएको जनाएको छ ।

साथै सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराले यहि मंसिर ०३ गते, जिल्ला बारा, विश्रामपुर गापा-४ बाट अवैध कारोबारको आशंकमा नेपाली रुपैयाँ १०,८०,०००, र मंसिर ०५ गते जिल्ला बारा, विश्रामपुर गाउँपालिका – ४ बाट अवैध कारोबारको आशंकमा नेपाली रुपैयाँ ६,१५,०००, बरामद गरी भन्सार कार्यालय बुझाएको जनाएको छ ।
यहि मंसिर ०३ गते, सशस्त्र प्रहरी बल नेपाल, प्र.सि.सु.गुल्म वीरगञ्जले बी.म.न.पा. वडा नं.- १६, भन्सार मेनगेटबाट नेपाली रुपैया रु. ३,००,०००।- बरामद गरी भन्सार कार्यालय बुझाईएको जनाएको छ ।
यहि मंसिर ०३ र ०५ गतेको गरी अवैध रकम मात्र जम्मा १९,९५,०००, सशस्त्रद्वोरा बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले आफ्ना टोली परिचालनलाई चुस्त बनाउँदै अवैध चोरी तस्करी गरी ल्याएका विभिन्न सामानहरु बरामद गर्ने कार्यलाई तिव्रता दिई सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गरी राजश्व अभिबृद्धि गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको बताइन्छ । सशस्त्र प्रहरी बल नेपालले खुला सीमा ईलाकाको फाईदा उठाउदै हुने अवैध रकम ओसारपसार गर्ने कार्यलाई समेत निरुत्साहन गर्न विशेष कदम चाल्दै आईरहेको बताइएको छ । सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी, लागु औषध ओसारपसार, अवैध रकम ओसार पसार, अवैध हातहतियार ओसारपसार जस्ता सीमा अपराधलाई नियन्त्रण गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय तथा बाहिनीको मातहतका अन्तर्गत रहेका जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका ईकाईहरुले अहम् भुमिका निभाउदै आईरहेको छ ।
स.प्र.बल, नेपाल नं. १३ गण हे.क्वा.का गणपति पुरन चन्द्र भट्टले सीमावर्ती ईलाकाको प्रयोग गरी हुने अवैध चोरी निकासी तथा पैठारीलाई पूर्ण रुपमा निरुत्साहित गर्न कुनै पनि कसर बाँकी नराख्ने र आगामी दिनमा सीमावर्ती समुदायमा समृद्ध राष्ट्र निर्माणको लागि राजश्वको भुमिका तथा उक्त कार्यमा सीमावर्ती नागरिक, सशस्त्र प्रहरी बल, नेपाल र अन्य सरोकारवाला निकायबीचको सहकार्य विषयमा जनचेतनामुलक कार्यक्रमहरु अभियान कै रुपमा संचालन गरिने समेत बताउनु भएको छ ।

सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक
(डीएसपी) विश्वराज योन्जन
सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्सा, बिरगंज ।
नेपाल ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles