Sunday, February 1, 2026

जनकपुरधाममा १४ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गर्ने पक्राउ:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको जनकपुरधाममा १४ वर्षीय बालिकालाई हाेटेलमा राखेर बलात्कार गर्नेमध्ये शिवशंकर साह प्रहरीद्वारा पक्राउ परेका छन् । जनकपुरधामको उपमहानगरपालिकाका मेयरका प्रत्याशी समेत रहेका शिवशंकर साह ‘हिरा’ लाई प्रहरीले पक्राउ गरेको धनुषा प्रहरीले जनाको हाे। उनीहरुविरुद्ध दुई साताअघि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको थियाे। धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा हिरालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । यसअघि घटनामा संलग्नताको आरोपमा हिराका दाइ पर्ने मनोज महतो पक्राउ परिसकेका छन्। बाँकी दुई जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । २०७९ सालको स्थानीय तह चुनावमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयरका उम्मेदवार रहेका थिए। उनी जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेको हिरा पक्राउ परेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles