Sunday, February 1, 2026

सशस्त्र प्रहरीबाराद्वारा ११ लाखभन्दा बढीका अवैध सामान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले आफ्नो मातहतमा रहेका ईकाईहरूलाई कडा निर्देशन दिएपछि, सशस्त्रका बि.ओ.पी.का प्रमुख हरुले ११ लाख रुपैयाँ भन्दा बढीको अवैध तस्करीका सामान बरामद गरेका छन् ।
सीमा क्षेत्रमा तस्करी नियन्त्रणा लागि कडाइका साथ बाराका सिमा क्षेत्रमा गस्ती, चेकजाँच तथा विशेष निगरानी बढाउन उनले निर्देशन दिएपछि उक्त अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ९ झरोखर सीमा ईलाकामा अबैध रुपमा भारतबाट नेपाल भित्राइरहेका दुई लाख ६० हजार सामान बिओपी गोलागंज बरामद गरेको सशस्त्र प्रहरी जनाएको छ।
एक जना तस्करले बिआर ५ बिके ६४२९ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको २ कार्टुन (७२ के.जी.) मरेका माछा बरामद गरेको छ। मोटरसाइकल र माछा गरी दुई लाख ६० हजारको सामान बरामद गरेको जनाएको छ ।
त्यस्तै सुवर्ण गाउँपालिका वडा नं. ३ संतगंज सीमा ईलाकामा बि.ओ.पी. कवहीगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक बिश्वराज कार्कीको गस्ती टोलीले सामान बरामद गरेको छ। भारतबाट तीन जना तस्करहरुले साईकलको प्रयोग गरि नेपालतर्फ ल्याउदै गरेको ५१ हजार आठ सय रुपैयाँ बराबरको किराना सामान बरामद गरेको सशस्त्रले जनाएको छ।
त्यसैगरी बिश्रामपुर गाउँपालिका वडा नं. १ छतवा सीमा ईलाकामा सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाबाट सशस्त्र प्रहरी हवल्दार धर्मराज पासवानको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ६ जना ब्यक्तिहरुले साईकलको प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको तस्करीको सामान बरामद गरेको छ । सो टोलिले अन्दाजी एक लाख पाँच हजार बराबरको किराना सामान, चक्लेट, साईकल समेत बरामद गरेको सशस्त्र प्रहरी मटिअर्वा बाराले जनाएको छ।
छतवा सीमा ईलाकामा बेस, छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवहरी खत्रीको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि १ जनाले साईकलको प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. ३५ हजार बराबरको ५ कार्टुन चकलेट सोही स्थानमा छाडी साईकल लिई ब्यक्ति फरार भएको हुँदा उक्त चकलेट सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।
सिम्रौनगढ नगरपालिका–०९ झरोखर स्थित सीमा ईलाकामा बि.ओ.पि.गोलागंजबाट सशस्त्र प्रहरी नायब निरीक्षक तिलकबहादुर गुर्माछानको कमाण्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली ६ वटा मोटरसाइकलहरुको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. ५७ हजार २ सय २० रुपैयाँ बराबरको किराना सामान तथा हरियो तरकारी र ६ वटा मोटरसाइकल बरामद गरेको अन्दाजी मुल्य रु ६ लाख ५० हजार गरी सात लाख सात हजार दुई सय २० रुपैयाँ बराबरको मोटरसाइकल र सामान बरामद गरेको बि.ओ.पी.गोलागंजले जनाएको छ।
सशस्त्र प्रहरी बाराले बरामदगरेको अवैध सामान पर्साका विरगञ्ज भन्सार कार्यालयमा बुझाईएको बाराका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) केसीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles