Monday, February 2, 2026

अहिलेको पुस्ताले नै बढी जिम्मेवारी लिनुपर्छदानबहादुर कार्की :-

ताजा / भरखरै प्राप्त


हाम्रो अभ्यास सुधार गर्न पनि जरुरी छ। अहिले अत्यन्त सहयोग गर्न मन भएका सहयोगी मनको कारणले हामी भवन निर्माण गरेका, सवारी साधन प्राप्त गरेका, काम गर्न सहयोग प्राप्त गरेका, अपराधका विरुद्ध सूचना प्राप्त गरेका छौं। यो मनको विकास होस् र यस्तै होस्। संस्कृतिमा भनिन्छ भने संस्कृतमा एउटा भनाइ छ— “अयोग्य पुरुषो नास्ति, योजक अस्त्र दुर्लभ।” हाम्रो रविन्द्र दाइ अझ धेरै थाहा छ। अनि “अयोग्य पुरुषो नास्ति” अर्थात् अयोग्य मनुष्य नाच्ने बानी हुन्छ भन्ने होइन, भएका मसिना दियो जस्ता दुर्लभ। कोही पनि मान्छे अयोग्य हुँदैन। यसरी सबै राम्रा छन्। तर आयोजक, जन जोड्ने चिज, संगत गर्ने राम्रो मान्छेको संगत पाएनन् भने समस्या हुन्छ। सबै राम्रा हुन्छन्। यस्तै सहयोगी मन भएका सम्पूर्ण नागरिकको सामीप्यतामा रहेर अरु मान्छे पनि राम्रा हुनेछन्। सबै राम्रो हुने वातावरण बन्नेछ। अब केही खराबको * को दारु देखाएको छ। चोरी, शिकारी गरेको संघमा परे पनि त्यही बिग्रेला कि भन्ने डर छ। हामीलाई अब जरुरत के छ भने सबै मान्छे योग्य छन्। योग्य मान्छेलाई असल संगत र साथको जरुरत छ। र त्यो साथ र संगत दिनको लागि यो समाजले तयार बन्दै जानेछ भनेको छ। नेपाल प्रहरीका सकल दर्जाले पनि आफ्नो भूमिका त्यसैअनुसार निर्वाह गर्दैछन्। हामी राम्रो कामको लागि साथ लिएर यो समृद्ध मुलुकको नागरिकको रूपमा हामी विश्वकर्मा चिनिने, अहिले यो ढुङ्गा हाल्ने मुलुक, आफ्नै घर जलाउने मुलुक, आफ्नै ऐतिहासिक धरोहर जलाउने अनि मुलुकको आफ्नै इतिहास मेट्ने मुलुकको नागरिकको रूपमा होइन। यो शान्ति–प्रेमी, विकास–प्रेमी, न त त्रिवि कानुन कार्यान्वयन गर्ने, कानुनी शासन चाहने, समानता चाहने र मुलुकको हितमा काम गर्ने नागरिकका रूपमा हामी सबैतिर चित्रित हुन सक्छौं। हामीले कस्तो समाज बनाउने? रामले सन्ततिलाई कस्तो समाज हस्तान्तरण गरे? झगडा गर्ने, छिमेकीलाई देख्न नसहने, विभाजित भएको, गाली गर्ने, गालीगलौज गर्ने, कुटी हाल्ने, पिटी हाल्ने, ध्वंश गर्ने, हाललाई आगोमा हाल्ने, ठोकी हाल्ने— यस्तो बन्यो भने हाम्रा सन्ततिलाई सुरक्षित पनि बनाउँदैनौं। आफूलाई सुरक्षित, आफ्ना सन्तानहरूको सुरक्षाको लागि, आफ्ना सन्तानहरूलाई सुन्दर भविष्य हस्तान्तरण गर्नको लागि पनि यही समयमा हाम्रै जेनेरेशनले, हाम्रै पुस्ताले अलि धेरै काम गर्नुपर्छ।
प्रहरी महानिरीक्षक।
नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles