Thursday, May 28, 2026

Happy 25 th Anniversaryराष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा:-

ताजा / भरखरै प्राप्त

शांति सुरक्षा र प्रतीबद्धता भन्ने मुल नारासहित राष्ट्र र जनताका सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आफनो गाैरवपूर्ण २५ पर्षे यात्रा पुरा गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सम्पुर्णलाई हार्दिक बधाई

पर्सा जिल्लाका बिरगंज स्थित सशस्त्र प्रहरी बल नेपाल न. १३ गणमा २५ औँ रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरिएको छ ।

सशस्त्र प्रहरी बल देशको सुरक्षा, अनुशासन र समर्पणको प्रतीकका रूपमा स्थापित संस्था हो। यही गौरवमय यात्राको २५ वर्ष पूरा भएको अवसरमा पर्सा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल न. १३ गणमा २५ औँ रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको जनाइएको छ।

समारोहमा पर्साका बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको सशस्त्र प्रहरीले पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल न. १३ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी)पुरण चन्द भट्टको अध्यक्षतामा आयोजना गरिएको थियो।

उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, हरि गौतम, सशस्त्र प्रहरी बलका लोकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

उक्त क्रममा गणपति पुरण चन्द भट्टले सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रामा भोग्नुपरेका चुनौती र प्राप्त उपलब्धिबारे प्रकाश पार्दै भविष्यमा अझ व्यावसायिक, अनुशासित र जनमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभका छन् ।

रजत जयन्ती समारोहको अवसरमा विगत २५ वर्षदेखि राष्ट्रसेवामा समर्पित जुनियरदेखि सिनियर तहसम्मका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा वीर सहिद प्रहरीहरूको योगदानको स्मरण गर्दै हार्दिक बधाई र सम्मान व्यक्त गरिएको थियो। कार्यक्रमले सशस्त्र प्रहरी परिवारप्रति सम्मान, गर्व र प्रेरणाको सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles