झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन गराउने जनाएकी छिन् । सञ्चारकर्मीसँग हिजो मंगलबार गरिएको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै एसपी खड्काले उक्त कुरा बताएकी छन् ।
सञ्चारकर्मीसँग उनले भनिन्” ‘मेरो पोस्टिङको करिब डेढ महिना जिल्लामा चुनावी माहौल नै रहनेछ । जहाँ चुनौती र अवसर दुवै रहेको छन् । मेरो क्षमताले भ्याउन्जेलसम्म निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा चुनाव गराउनेछु” एसपी बसुन्धराको भनाईं रहेको छ । उनले झापामा ११ सय प्रहरी रहेकोले यदि आवश्यक परेमा थप मद्दत पठाउने पनि जनाइन् ।
यसपटकको निर्वाचनमा झापा जिल्ला –५ मा केपी शर्मा ओली र बालेन्द्र बालेन शाहबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । त्यसबाहेक सभामुख र उपसभामुखबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
५ निर्वाचन क्षेत्र रहेको झापामा यसपटकको चुनावको सबैभन्दा हटकेक क्षेत्रको रुपमा रहेको बताएकी छन् ।
झापा जिल्लाका प्रहरी प्रमुख भनाईं मेरो सरुवालाई कुनै शंका गर्नु पर्दैन,झापा जिल्लाका प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का, भर्खरै सरुवा भएर जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न झापा आउनु भएकी छन् ।


