बारा जिल्लामा एकै परिवारका आमा–छोराको निर्मम हत्या भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जनाएको छन् ।
घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।
तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता बढाइएको बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी)ले बताएका छन् ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणको संलग्नमा रहेको आशंकामा बारा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ ।


