Wednesday, May 27, 2026

निर्वाचनको सुरक्षाका लागी आजदेखि देशभर ८० हजार सेना परिचालित:-

ताजा / भरखरै प्राप्त

फागुन २१ गते,हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बुधबारदेखि नेपाली सेना सर्लाहीका जिल्लामा परिचालित भएका छन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरुप आजदेखि नेपाली सेना देशैभर खटाइएको जनाइएको छ ।

एकीकृत सुरक्षा योजनाबमोजिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ निर्वाचन सुरक्षामा खटिने छन् ।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ ।

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छन् । निर्वाचन प्रयोजनका लागि ७९ हजार ७२७ सेना १६५ वटै निर्वाचन क्षेत्रमा आज,बुधबारदेखि परिचालित भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन हुने भएको छन् । सैनिक प्रवक्ता बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन गरिएको जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles