Thursday, February 26, 2026

वीरगंज–३१ मा सीए अजय चौरसियाको घरदैलो सम्पन्न, स्थानीयद्वारा गम्छा–मालाले भव्य स्वागत

ताजा / भरखरै प्राप्त

बीरगंज। पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर ३१ मा सीए अजय चौरसिया नेतृत्वमा रहेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट उम्मेदवार रहेका चौरसियाले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा तथा महिलाहरूले उम्मेदवार चौरसियालाई गम्छा र मालाले स्वागत तथा सम्मान गरेका थिए। स्थानीयको उल्लेखनीय सहभागितासँगै सम्पन्न कार्यक्रममा चौरसियाले आफू नयाँ सोच, नयाँ ऊर्जा र क्रान्तिकारी कार्यदिशासहित राजनीतिमा आएको स्पष्ट पारे। उनले परिवर्तनको चाहना बोकेका नागरिकको विश्वास जित्न सफल भएको देखिन्थ्यो, जसको प्रतीकस्वरूप स्थानीयवासीले माला र गम्छा ओढाएर सम्मान प्रकट गरेका हुन्।

कार्यक्रममा बोल्दै चौरसियाले वीरगंज महानगरपालिका भित्र रहेका आधारभूत समस्या—जस्तै खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, रोजगारी र युवा पलायन—लाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। विशेषगरी वडा नम्बर ३१ का बासिन्दाले भोग्दै आएका दीर्घकालीन समस्यालाई पहिचान गरी ती मुद्दालाई संघीय संसदसम्म प्रभावकारी रूपमा उठाउने उनको भनाइ थियो।

उनले भने, “राजनीति केवल सत्ता प्राप्तिको साधन होइन, जनताको दुःख–सुखमा साथ दिने माध्यम हो। पर्सा क्षेत्र नम्बर १ का नागरिकले भोग्दै आएका हरेक समस्यालाई म आफ्नो मुद्दा बनाउँछु र सदनसम्म पुर्‍याएर समाधानका लागि दबाब सिर्जना गर्छु।”
स्थानीय बासिन्दाहरूले पनि चौरसियाप्रति आशा र विश्वास व्यक्त गरेका छन्।

युवाहरूले उनलाई शिक्षित, इमानदार र जनमुखी उम्मेदवारको रूपमा चित्रण गर्दै यसपटक परिवर्तनको अवसर दिनुपर्ने धारणा राखे। महिलाहरूले पनि सामाजिक न्याय, महिला सशक्तीकरण र समान अवसरका विषयमा चौरसियाले उठाएका एजेन्डा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles