Saturday, April 18, 2026

कास्कीमा बिना पास गुड्ने ८३ सवारी साधन प्रहरी नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

जिल्ला कास्की प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन तोकिएको मापदण्ड विपरीत सवारी चलाएको पाइएपछि प्रहरीले कडाइ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहानसम्ममा विभिन्न स्थानबाट ७७ वटा दुई पाङ्ग्रे र ६ वटा चार पाङ्ग्रे सवारी साधन गरी कुल ८३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

प्रहरीले मतदानको दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई सडकमा गुड्न रोक लगाएको थियो। नियन्त्रणमा लिइएका यी सवारी साधनहरूलाई निर्वाचन सम्पन्न भएपछि मात्रै आवश्यक प्रक्रिया पुर्‍याएर छोडिने प्रहरीले जनाएको छ।जिल्लाका मुख्य चोकहरू र ग्रामीण भेगका सडकहरूमा समेत प्रहरीले बिहानैदेखि कडा निगरानी बढाएको छ। निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदातालाई निर्धक्क भई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन सवारी आवागमनमा कडाइ गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles