Thursday, April 2, 2026

प्रहरी महानिरीक्षक कार्कीद्वारा नवनिर्मित भवन उद्‌घाटन सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले स्रोत साधनको सीमितताको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको भावना, कामना तथा नागरिकहरूको अपार सहयोग र समर्थनले नागरिकहरू प्रति अझ उत्तरदायी भई काम गर्न प्रहरीलाई सधै उत्प्रेरित गरेको चर्चा गर्नुभएको छन्।

यस नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको उहाँको भनाईं रहेको छ ।

प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले नागरिकहरूले प्राप्त गर्ने प्रहरी सेवामा सहज र सुरक्षित पहुँच निर्माण गर्न मद्दत पुग्ने उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको छन् ।

विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उनले गर्नुभएको छन् ।

यस् कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको छन् ।
सो अवसरमा UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छन् ।

बेलायत सरकारको सहयोगमा कुल २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रूपैयाँ १२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।

उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू,तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles