Thursday, April 2, 2026

सुरुभयो एसईई ५ लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी,छात्रा संख्या बढी:-

ताजा / भरखरै प्राप्त

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको जनाइएको छ ।यसपालि परीक्षा जहाँ सञ्चालन हुन्छ, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्ने योजना लागू गरिएको बताइएको छ, र यसले नतिजा छिटो, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्य राखेको बोर्डले जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशन अनुसार एसईई नतिजा एक महिनाभित्र सार्वजनिक गर्न बोर्डले तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “परीक्षा केन्द्रमा शिक्षक नभए वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गर्दै अर्को सुरक्षित स्थानबाट परीक्षण गरिने व्यवस्था पनि मिलाइएको छ ।अन्यथा, सम्बन्धित केन्द्रबाटै परीक्षण हुनेछ।”यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि १,९६६ परीक्षा केन्द्र कायम गरिएको छ, भने यस् पालीमा ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् , जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी रहेको छन् । जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिने भएको छन् ।परीक्षा सुरु हुनुअघि सम्बन्धित प्रदेश र जिल्ला अधिकारीहरूको भर्चुअल बैठक भइसकेको जनाएको छ । प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा वितरण भइसकेका छन् , भने केन्द्राध्यक्ष, कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिने तयारी पूरा भएको जनाइएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।अघिल्ला वर्षमा उत्तरपुस्तिका परीक्षण गोप्यरूपमा प्रदेश पार गरेर गरिन्थ्यो, तर यसपालि सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिने भएको छ। बोर्डले एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न सबैसँग आग्रह पनि गरेको छ।यस तयारीसँगै एसईई परीक्षा ढिला नतिजा र अनावश्यक ब्रीज कोर्स कार्यक्रमबाट विद्यार्थीलाई पर्ने तनाव घटाउने लक्ष्य राखिएको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles