अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा भैरहवाबाट एक जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।
आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवा मा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगर लाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।
स्रोतका अनुसार, सर्जमिन मुचुल्का तयार पार्ने कार्यमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रकम माग गरिएको थियो, सोही क्रममा लिइएको दुई लाख रुपैयाँसहित उनलाई भैरहवा बजार क्षेत्रबाट रंगेहात नियन्त्रणमा लिइएको बताइएको छ ।अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


