Friday, April 24, 2026

जिल्ला प्रशासन पर्साबाट ६ घन्टा मै नागरिकता पाएपछि सेवाग्राही खुशी:-

ताजा / भरखरै प्राप्त

नागरिकता एकै दिनमा वडा कार्यालयको सिफारिस देखि जिल्ला प्रशासन कार्यालय पर्साबाट ६ घन्टा भित्र राष्ट्रिय परिचय पत्र समेत हातोहात, पाएपछि , सेवाग्राहीहरु खुशी भएका छन् ।
आज बिहीबारका दिन एउटा नयाँ नागरिकता सिफारिसको लागि निवेदन लागि वडा समितिको कार्यालयमा ११ बजे पुगि सम्पुर्ण प्रक्रिया पूरा गरि आवस्यक कागजात सहित निवेदन दिई १:०० बजे नागरिकताको सम्पुर्ण कागजात सहित जिल्ला प्रशासन कार्यालय पर्सा दिउँसो १:३० पुगे नागरिकताको लागि डकुमेन्ट दिएको ४:०० बजे बिना जन्झट , सबै प्रक्रिया कार्यालयले पूरा गरि बिना सिफारिस , सोर्स र बिचोलिया बिना नागरिकता प्राप्त भैइ तत्कालै ४:४५ बजे सोही दिन राष्ट्रिय परिचय पत्र समेत हातो हात प्राप्त भएको भन्दै सो सेवाग्राहीले हिर्दयदेखि जिल्ला प्रशासन कार्यालय पर्सालाई मुरि मुरी धन्यवाद दिएका थिए ।
नागरिक , राष्ट्रिय परिचय सहित भोलि नै पासपोर्ट लागि निवेदन दिने बताए । त्यसै गरि १०-१२ दिन अगाडि पासपोर्ट नवीकरणको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सम्पुर्ण प्रक्रिया पुर्याएर निवेदन दिएको आज पासपोर्ट पनि प्राप्त भएको छ , कम्तीमा ३५ दिन लाग्ने भनिएपनि १०-१२ दिनैमा पासपोर्ट प्राप्त हुनु धेरै सुधार र सफलता हो ।
चाहेभने जेपनी हुन सक्छ भन्ने उदाहरण आजको कामले प्रष्ट पारेको देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles