माननीय बिश्वराज पोखरेलले स्कुलका हेडसरलाई थर्काएको भिडियो सत्य भएको उनको सचिबालयले स्विकार गरेको छ । तर भिडियो आधा मात्र आएको भएर यसले जनतामाझ भ्रम सिर्जना गरेको विश्वराजको सचिबालयले बताएको छ ।
के भएको थियो?

माननीय बिश्वराज पोखरेल स्थानीय कार्यालय तथा संस्थाहरूको चुनौती र आवश्यकताबारे जानकारी लिन स्कुलमा पुगेका थिए । तर उनलाई कार्यालय सहयोगीले केही बेर स्कुल बाहिरै राखे । त्यतिबेला हेडसर भित्रै थिए । माननीय बिश्वराजले धैर्य गरेर हेडसरलाई कुरिरहे । धेरैबेर सम्म पनि नआएपछि माननीयले फेरि हेडसरलाई बोलाउन भने । त्यति गर्दा पनि हेडसर नआएपछी माननीय बिश्वराज पोखरेल स्कुलबाट निस्किए । पछि हेडसर निस्केर गल्ती स्वीकार गर्दै माननीय बिश्वराज संग माफी मागे । अनि छलफल कार्यक्रम सामान्य तरिकाले सुरु भयो । यो सबै भिडियो आएन । यसले गर्दा जनतामा भ्रम सिर्जना भयो । (सचिबालयको अनुसार)
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएका थिए ।सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।त्यसक्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पनि दिएका हुन् । उनले यथार्थ भिडियो सार्वजनिक नभएको र सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै देखिएको उनले बताएका छन् ।‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले भनेका छन्, ‘कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् ।

त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’साथै, उनले आफ्नो व्यवहार संयम हुनुपर्नेमा नभएको कुरा स्वीकार गरेका छन् ।‘यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो,’ उनले भने ।ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए ।आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रुपमा अर्थ्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएका थिए ।


