Friday, May 1, 2026

सशस्त्र प्रहरी बल नेपाल का १२ औं आईजी राजु अर्यालको आज शुक्रबार बिदाइ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीबल नेपालको १३ औं महानिरीक्षक (आईजीपी) को नियुक्तिसँगै १२ औं आईजीपी राजु अर्यालको आज सुक्रबार समय तीन बजे बिदाइ हुने कार्यक्रम सम्पन्न भएको जनाइएको छ । आज १८ गते चारवर्षे अवधि पूरा गरी अनिवार्य अवकाशमा जान लागेका अर्यालको आज शुक्रबार नै बिदाई भएको जानकारी गराइएको हो । २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका अर्यालले चार वर्षसम्म सशस्त्र प्रहरी को कमाण्ड सम्हालेका थिए ।

बिदाइका लागि आज शुक्रबार दिउँसो ३ बजे सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरि बिदाइ भएको हो।

राजु अर्याल आज शुक्रबार नै अवकाशमा जाने भएपछि गत सोमबारको मन्त्रिपरिषद् बैठकले १३ औं आईजीपीका रुपमा नारायणदत्त पौडेललाई नियुक्त गरिसकेको जनाएको छ ।
देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको जनाइएको छ । चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन् । यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र नेतृत्व शैलीसँग प्रत्यक्ष जोडिएको देखिन्छ ।


आज १८ वैशाख शुक्रबार दिउँसो ३ बजे एपीएफ प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरी अर्याललाई औपचारिक बिदाइ गरिने कार्यक्रम तय भएको छ ।
उक्त समारोहमा उच्च सुरक्षा अधिकारी, सरकारी प्रतिनिधि, तथा विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहने अपेक्षा गरिएको सशस्त्रका उच्च अधिकारि बताउँछन् ।
चार वर्षे कार्यकाल पूरा गर्ने क्रममा अर्यालले सशस्त्र प्रहरी बलको संगठनात्मक संरचना, सीमासुरक्षा, विपद् व्यवस्थापन र आन्तरिक अनुशासन सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेको बताइन्छ ।
राजु अर्यालः इन्स्पेक्टरदेखि आईजीपीसम्मको यात्रा २०५४ चैत १८ गते नेपाल प्रहरीमा इन्स्पेक्टर पदबाट सेवा सुरु गरेका अर्यालले आफ्नो करियरको लामो समय सुरक्षा क्षेत्रमा बिताएका छन् ।
उनी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भए र क्रमशः उक्लिँदै संगठनको सर्वोच्च पदसम्म पुगे, ०७९ वैशाख १९ गते,देखिनै उनले सशस्त्र प्रहरी महानिरीक्षक आईजीपीको रूपमा जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles