Monday, May 4, 2026

सशस्त्र प्रहरी महानिरीक्षक नरायणदत्त पाैडेल, दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

सशश्त्र प्रहरी बलको १३ औं सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा नारायणदत्त पौडेलज्यूलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामन ।

आईजीपीको फुली प्रधानमन्त्रीले लगाइदिने चर्चा त खुब चल्यो, तर अन्त्यमा कुरा खोला तर्यो लौरो बिस्र्यो’ भनेझैँ भयो, है । सशस्त्र प्रहरीका आईजीपीलाई फुली लगाउने जिम्मा फेरि पनि सचिवकै पोल्टामा, रह्यो ।
सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले आज २१ गते,वैशाख सोमबारका दिन गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम रहेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको दज्यांनी चिन्ह सुशोभन कार्यकम सम्पन्न भएको छ । राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई बैशाख २१ गते मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्हबाट सु–शोभित गर्नुभएको छ ।सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मा नेतृत्व परिवर्तनसँगै नयाँ दिशाको संकेत देखिएको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) पदबाट बढुवा हुँदै नारायणदत्त पौडेलले महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेसँगै संगठनभित्र उत्साह, अपेक्षा र चुनौती तीनै एकसाथ उभिएका छन् । गृह मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइिएको हो ।


नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलभित्र अनुभवी र व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् ।
दर्ज्यानी चिह्न ग्रहण गरेपछि आन्तरिक रूपमा दिएको सन्देशमा आईजीपी पौडेलले “अनुशासन र परिणाममुखी कार्यशैली” लाई जोड दिएका छन् भन्ने जानकारी स्रोतहरूले दिएका छन् ।उनले संगठनभित्र कुनै पनि किसिमको लापरवाही सह्य नहुने संकेत दिएका छन् । साथै, उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन र कमजोरी देखाउनेलाई कारबाही गर्ने नीति अपनाइने बताइएको छ ।

सीमा सुरक्षामा कडाइको संकेत:
पछिल्लो समय नेपालका विभिन्न नाकाहरूमा तस्करी, अवैध आयात–निर्यात र आपराधिक गतिविधि बढिरहेको गुनासो व्यापक छ । सशस्त्र प्रहरीको प्रभावकारी उपस्थिति नहुँदा यस्ता गतिविधि नियन्त्रण बाहिर जान थालेको आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा नयाँ आईजीपीले सीमा क्षेत्रमा कडाइ गर्ने संकेत दिएका छन् । नेपाल विपद् जोखिमयुक्त देश हो । बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिमा सशस्त्र प्रहरी बल अग्रपंक्तिमा खटिन्छ ।आईजीपी पौडेलले विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्ने संकेत दिएका छन् । आधुनिक उपकरण, तालिम र द्रुत उद्धार प्रणाली विकास गर्ने योजना अगाडि बढाउने तयारी रहेको बताइएको छ ।


नेपालका सुरक्षा निकायहरूमा राजनीतिक प्रभावको विषय सधैं चर्चामा रहने गरेको छ । सशस्त्र प्रहरी पनि यसबाट अछुतो छैन ।आईजीपीका रूपमा पौडेलले राजनीतिक सन्तुलन कायम गर्दै संगठनलाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्नेछ ।यदि उनले राजनीतिक दबाबबाट मुक्त भएर काम गर्न सके भने संगठनमा ठूलो परिवर्तन सम्भव छ, अन्यथा पुरानै समस्या दोहोरिने जोखिम कायमै रहनेछ ।
नेतृत्व परिवर्तनसँगै कर्मचारीहरूको मनोबलमा पनि प्रभाव पर्छ । नयाँ आईजीपीबाट निष्पक्षता र पारदर्शिता अपेक्षा गरिएको छ ।यदि पदोन्नति, सरुवा र अवसर वितरणमा निष्पक्षता कायम गर्न सकियो भने संगठनभित्रको मनोबल उच्च हुने विश्वास गरिएको छ ।नारायणदत्त पौडेलको आईजीपी नियुक्ति केवल एक औपचारिक प्रक्रिया मात्र होइन, सशस्त्र प्रहरी बलको भविष्यसँग जोडिएको महत्वपूर्ण मोड हो ।अहिलेको अवस्था हेर्दा भने स्पष्ट छ—पौडेलसँग अवसर पनि छ, चुनौती पनि छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles