Sunday, May 24, 2026

मालपोत कार्यालय पर्सामा राजश्वछली नक्कली रसिद प्रकरणमा यादव पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगंज-मालपोत कार्यालय पर्सामा नक्कली रसिदको प्रयोग गरी सरकारी राजश्व छली गरेको अभियोगमा ओमप्रकाश यादव लेखापढी व्यवसायी पर्सा प्रहरीद्वारा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जस्थित ‘शुभ लाभ लेखापढी’ फर्मका सञ्चालक ओमप्रकाश यादव रहेका छन्।
​कार्यालय स्रोतका अनुसार उक्त फर्म विगतमा मालपोत कार्यालय पर्साका पूर्व अधिकृत (हाल भ्रष्टाचार मुद्दा खेपिरहेका) हरिनारायण मिश्राका सहोदर भाइ शम्भु मिश्राले सञ्चालन गर्दै आएका थिए। शम्भु मिश्रा राजनीतिमा सक्रिय भएपछि उनले आफ्ना मुख्य सहयोगी तथा विश्वासपात्र यादवलाई सो फर्मको जिम्मेवारी सुम्पेका थिए। यद्यपि, फर्ममा मिश्राको आउजाउ कायमै रहेको बुझिएको छ ।

मिश्रा हाल वीरगञ्ज महानगरपालिका वडा नं. २६ का निर्वाचित वडा अध्यक्ष हुन् र यो उनको दोस्रो कार्यकाल रहेको बताइएको छ । मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवविरुद्ध ४ लाख ७२ हजार रुपैयाँ बराबरको राजश्व हिनामिना गरेको भन्दै बुधबार कार्यालयमा लिखित उजुरी परेको थियो । उजुरी दर्ता भएलगत्तै कार्यालयले आन्तरिक छानबिन अघि बढाएको थियो।
​”प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको तथ्य फेला परेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिइएको हो,” कार्यालय प्रमुख खत्रीले बताएका छन् ।

​प्रहरी हिरासतमा रहेको यादव, माथि थप अनुसन्धान जारी रहेको छ।

​मालपोत कार्यालयको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले यादवलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीमाथि सरकारी कागजात किर्ते गरी राजश्व हिनामिना गरेको कसुरमा अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ। यस प्रकरणमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ।
​यस अघि पनि विभिन्न विवादमा मुछिएका यादवविरुद्ध जिल्ला अदालत पर्सामा एउटा मुद्दा अझै विचाराधीन अवस्थामै रहेको बुझिएको छ । प्रशासनिक निकायमा आफ्नो राम्रो पकड रहेको, उठबस र हिम्चिम रहेको दाबी गर्दै आउने वडाध्यक्ष मिश्राकै लेखपढी फर्ममा यस्तो हर्कत हुनु गम्भीर रुपमा लिइएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles