Monday, May 25, 2026

वीरगंज मेनरोडलाई”शहरी मार्ग कायमगर्न संघर्ष समितिद्वारा थाल प्रदर्शन :-

ताजा / भरखरै प्राप्त

सरकारलाई बीरगंजको मुख्यसडक बारे ध्यानाकर्षण गराउन पिडितहरु द्वरा थाल बजाएर प्रदर्शन गरका
छन् ।
पर्साका वीरगञ्जमा थाल बजाउँदै प्रदर्शन, क्षतिपूर्ति र व्यवस्थापनको माग गर्दै घरधनिहरुले थाल पिट्दै छन् ।

लामो समयदेखि आफूहरू अन्यायमा परेको भन्दै पीडित स्थानीयहरूले “पीडित संघर्ष समिति” गठन गरी संगठित आन्दोलन सुरु गरेको बताउँछन् ।

सडक विस्तारको कार्यले सयौँ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेको स्थानीयहरूको भनाइ छ। उनीहरूका अनुसार उचित क्षतिपूर्ति, वैकल्पिक व्यवस्थापन तथा पुनःस्थापनाको सुनिश्चितता नगरी डोजर चलाइएको कारण धेरै परिवार विस्थापनको अवस्थामा पुगेका छन्। घर, पसल तथा व्यवसायिक संरचना भत्काइएपछि दैनिक जीवन नै प्रभावित भएको पीडितहरूको गुनासो रहेको छ।

विरोध प्रदर्शनका क्रममा स्थानीयवासीहरूले थाल बजाएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए। मेनरोड क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै “जनताको अधिकार सुनिश्चित गर”, “उचित मुआब्जा दे”, “डोजर आतंक बन्द गर” लगायतका माग अघि सारेका थिए। प्रदर्शनमा महिला, वृद्धवृद्धा, व्यवसायी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

पीडित संघर्ष समितिका प्रतिनिधिहरूले सडक विस्तारको विषयमा सरकार र स्थानीय प्रशासनले प्रभावित नागरिकसँग पर्याप्त छलफल नगरेको आरोप लगाएका छन्। उनीहरूले विकासका नाममा सर्वसाधारणमाथि अन्याय गर्न नहुने बताउँदै राज्यले मानवीय संवेदनशीलता देखाउनुपर्ने माग गरेका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार सडक विस्तारका कारण व्यापार व्यवसाय समेत नराम्ररी प्रभावित बनेको छ। वर्षौँदेखि सञ्चालनमा रहेका पसल तथा व्यवसाय हटाइएपछि धेरै परिवार आर्थिक संकटमा परेको उनीहरूको भनाइ रहेको छ ।

प्रदर्शनका कारण केही समय मेनरोड क्षेत्र तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यद्यपि प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

पीडित संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी पनि दिएका छन् । समितिले सरकारसँग तत्काल वार्ता, उचित क्षतिपूर्ति, पुनःस्थापना तथा प्रभावित नागरिकको जीवनयापन सुनिश्चित गर्न माग गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिकाको मुख्य बजार क्षेत्र मेनरोडमा सडक विस्तार अभियान अन्तर्गत घर तथा विभिन्न संरचना भत्काइएपछि प्रभावित स्थानीयवासीहरूले सरकारविरुद्ध विरोध प्रदर्शनलाई तीव्र बनाएका छन्। लामो समयदेखि आफूहरू अन्यायमा परेको भन्दै पीडित स्थानीयहरूले “पीडित संघर्ष समिति” गठन गरी संगठित आन्दोलन सुरु गरेका छन् ।
सडक विस्तारको कार्यले सयौँ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेको स्थानीयहरूको भनाइ छ। उनीहरूका अनुसार उचित क्षतिपूर्ति, वैकल्पिक व्यवस्थापन तथा पुनःस्थापनाको सुनिश्चितता नगरी डोजर चलाइएको कारण धेरै परिवार विस्थापनको अवस्थामा पुगेका छन्। घर, पसल तथा व्यवसायिक संरचना भत्काइएपछि दैनिक जीवन नै प्रभावित भएको पीडितहरूको गुनासो रहेको छ।

विरोध प्रदर्शनका क्रममा स्थानीयवासीहरूले थाल बजाएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए। मेनरोड क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै “जनताको अधिकार सुनिश्चित गर”, “उचित मुआब्जा दे”, “डोजर आतंक बन्द गर” लगायतका माग अघि सारेका थिए। प्रदर्शनमा महिला, वृद्धवृद्धा, व्यवसायी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

पीडित संघर्ष समितिका प्रतिनिधिहरूले सडक विस्तारको विषयमा सरकार र स्थानीय प्रशासनले प्रभावित नागरिकसँग पर्याप्त छलफल नगरेको आरोप लगाएका छन् । उनीहरूले विकासका नाममा सर्वसाधारणमाथि अन्याय गर्न नहुने बताउँदै राज्यले मानवीय संवेदनशीलता देखाउनुपर्ने माग पनि गरेका छन् ।

स्थानीय व्यवसायीहरूका अनुसार सडक विस्तारका कारण व्यापार व्यवसाय समेत नराम्ररी प्रभावित बनेको छ। वर्षौँदेखि सञ्चालनमा रहेका पसल तथा व्यवसाय हटाइएपछि धेरै परिवार आर्थिक संकटमा परेको उनीहरूको भनाइ रहेको छ।

प्रदर्शनका कारण केही समय मेनरोड क्षेत्र तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यद्यपि प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

पीडित संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएको छ। समितिले सरकारसँग तत्काल वार्ता, उचित क्षतिपूर्ति, पुनःस्थापना तथा प्रभावित नागरिकको जीवनयापन सुनिश्चित गर्न माग पनि गरका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles