Friday, July 10, 2026

फेरी एक युवकले गरे आत्मदाह प्रयास,हेलिकप्टरबाट काठमाडौं ल्याइँदैँ

ताजा / भरखरै प्राप्त

आज शुक्रबार सर्लाही जिल्लाको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण भने खुलेको छैन ।
सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।


गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।
रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं लग्यो जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles