सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निरीक्षण गर्नुभएका छन्

निरीक्षणको अवसरमा डीआईजीले कार्यालयका विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई समयसापेक्ष, जनमुखी, नागरिकहरुको सेवा तथा परिणाममुखी सेवा प्रवाह गर्न, अनुशासित र जिम्मेवार भई कार्यसम्पादन गर्न, वर्षायामका कारण आफ्नो कार्यक्षेत्रमा हुन सक्ने सम्भावित

जोखिमहरूको समयमै पहिचान गरी उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी अवस्थामा रहन र कुनै पनि घटना भएमा तत्काल परिचालन भई प्रभावकारी रूपमा कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिनुभएका छन् ।


