सर्लाही जिल्लाको मलङ्वा सीमावर्ती क्षेत्रमा केही दिनयता तस्करी गतिविधि पुनः बढ्न थालेको आरोप छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म मलङ्वाका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षकको संरक्षण, जिल्ला प्रहरी सर्लाहीका मातहतमा रहेको प्रहरी चाैकी गोरखकालीका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सई,को सहयोगमा खुलेआम तस्करी भइरहेको दाबी स्थानीय स्रोतहरूले गरेका छन्।
सुरक्षाकर्मीको संरक्षणमा सर्लाहीका गोरखकाली, टावर एरिया नाकाबाट दर्जनौं तस्कर समुहका तस्करी गर्नेहरुले भन्सार छली, कपडा, किराना, मदिरा, कस्मेटिक, अवैध रूपमा भारतबाट नेपाल भित्रिने क्रम जारी रहेको स्थानीयहरुको आरोप छ ।


