Saturday, April 19, 2025

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र ऋणको पासोमा परिसकेको जिकिर गरेका छन् ।

ताजा / भरखरै प्राप्त

जेठ २५ र २६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि आज जारी विञप्तिमा अध्यक्ष भट्टराईले बजेटमा पुँजीगत खर्चको अंशभन्दा ऋणको साँवा ब्याजको भार बढी हुनुले मुलुक ऋणको पासोमा परिसकेको पुष्टि भएको जिकिर गरेका हुन् ।

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको बजेटले अर्थतन्त्रको धरातलीय यथार्थता एवं संरचनागत समस्याहरुलाई नजरअन्दाज गरेको उनको ठम्याई छ । उनले अहिलेको बजेट विगतकै निरन्तरतामा रहेको बताए ।

यस्तै द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्ने प्रयास भइरहेको निष्कर्ष निकाल्दै शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशिघ्र सम्पन्न गर्न माग उल्लेख गरिएको छ । साथै नेपाल समाजवादी पाटीले रेशम चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा गरेकामा भने खुशी व्यक्त गरेको छ ।

यस्तै, उसले पुराना दलहरू भ्रष्टीकरण बनेकाे भन्दै भ्रष्टीकृत पुराना शक्तिहरुको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहत् ध्रुवीकरणसहित नयाँं समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल गरेकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई उनी मूल पार्टी नेकपा (माओवादी)बाट अलग भएर नयाँ शक्ति हुँदै नेसपा गठन गरी नेतृत्वमा आइपुगेका छन् ,!

Previous article
अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरीजनकपुरधाम । स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शान्ति सुरक्षा सम्बन्धी उजुरी परेको छ ।सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् । उनले सांसद सिंहबाट असुरक्षित रहेकोले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् ।बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् ।उजुरी दर्तापछि ठाकुरले सामाजिक संजालमा लेखेका छन्, ‘जबसम्म उसको गुण्डागर्दी र भ्रष्टाचारलाई सतहमा ल्याईदैन तबसम्म म चुप हुने छैन् । मलाई मार्ने धम्की वा डर देखाएर चुप गराउने सपना नदेखे हुन्छ अमरेशले ।’सांसद सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरी कारबाही गर्न उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ठाकुरले केहि दिन अगाडि उजुरी दिएका थिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles