Tuesday, October 22, 2024

रौतहटमा आमा-छोरी मृत फेलारौतहट । रौतहटमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी शनिबार घरमै मृत फेला परेका हुन्।बालिकाको शव कोठाभित्र पंखामा पा,साे लागेकाे अवस्थामा र कविताको शव घरबाट निस्कने ठाउँको भर्याङ्ग तल फेला परेको प्रहरीको भनाइ छ ।माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा माइत भएकी मृतक साहको ३ वर्ष अगाडि सामाजिक रितिरिवाज अनुसार धिरेन्द्र साहसँग बिवाह भएको थियो ।माइती पक्षका अनुसार विवाह भएदेखिनै विभिन्न बहाना सामानहरु दाइजो मागेर धिरेन्द्रले कवितालाई यातना दिने गरेका थिए ।कविताका बाबु विजयशंकर साहले केटा पक्षले आएको मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री, सुनको औंठी दाइजो माग्ने गरेको र आफुले दिन नसक्दा नाबालक नातिनी सहित छोरीलाई कुटेर ह-त्या गरेको आरोप लगाए ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर बुढामगरका अनुसार प्रहरीले सुचना पाए लगतै घटनास्थलमा गएर अनुसन्धान सुरु गरेको र अनुसन्धान पछि थप कुराहरु खुल्दै जाने जनाए ।उनका अनुसार मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका र खोजी कार्य तिब्र पारिएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles