बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले देशका विभिन्न भागमा बाढी पहिरो गइरहेकाले पीडितको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन आफ्नो पार्टीको विपत व्यवस्थापन विभागलाई निर्देशन दिएका हुन् ।
‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु । हाम्रो पार्टीको विपत व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु । बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन् ।
