पछिल्लो समय नेपालबाट हुने अलैची निर्यातको मात्रा बढ्दै गएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म नेपालले विश्वको विभिन्न मुलुकमा ७ अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको छ । यसमा नेपालबाट ९ हजार ३८६ मेट्रिक टन अलैँची निर्यात भएको हो । देखिन्छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँको ५ हजार ५० मेट्रिक टन अलैँची निर्यात भएको थियो । नेपालबाट भारत, इटाली, पाकिस्तान, संयुक्त राज्य अमेरिका, जर्मनी लगायतका मुलुकमा अलैची निर्यात हुने गरेको छ । नेपाली अलैंचीको बजार धेरैजसो भारत केन्द्रित हुँदा अलैचीको उचित मुल्य पाउन नसकिएको व्यवसायीहरुको भनाई छ ।
