साँगामा बस दुर्घटना, ५ जना घाइतेकाठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा दुर्घटना भएको छ । काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हाे ।उक्त दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् । साँगा पुलमुनी भीरबाट बस खसेको प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।दुर्घटनामा घाइते यात्रुको भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए ।