Thursday, July 31, 2025

प्रहरीका एक एसपी र २ डिएसपीको काज सरूवाप्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर खटाइएको हो ।त्यस्तै डिएसपी दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय बारा काज सरुवा भएको छ भने न्यौपानेको ठाउँ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा पुरुषोत्तम प्रसाद पाण्डेलाई पठाइएको छ ।अर्को आदेश नभएसम्मको लागि काजमा खटाइएको प्रधान कार्यालयले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
हाेटलमा मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक, अनुसन्धान सुरुबागलुङ । गएराति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नावय निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको हो ।पौडेल बडिगाड गाउँपालिका- ६ स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए । घटनास्थलको प्रारम्भिक अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटनास्थल पुग्दा शव होटलको भुइँतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताए ।मृतक पौडेलका आफन्तहरु घटनास्थलमा आइसकेकोले मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उनले जानकारी दिए ।
Next article
सशस्त्रमा एक सय ७५ कर्मचारीको दरबन्दी थपबढुवा जामको समस्या समाधान हुने। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन् । एक वर्ष लामो प्रयासपछि सशस्त्रमा एक सय ७५ कर्मचारीको दरबन्दी थप भएको छ ।यसले केही हदसम्म सशस्त्रमा देखिएको बढुवा जामको समस्या समाधान हुने भएको छ । यसले सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ । एकैपटक ६ हजार ६ सय ४६ कर्मचारीको बढुवा हुने भएको छ ।दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया सुरु भइसकेको छ । एसएसपी तहसम्मको बढुवाका लागि गत साता नै सूचना प्रकाशन भइसकेको छ । जसअनुसार बढुवाको दौडधुप सुरु भइसकेको छ ।सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदैछन् । त्यस्तै, ६२ जना इन्सपेक्टरमा, ६० जना बरिष्ठ सइ, एक सय ३१ ज्ना सई, ३३ जना असइ, ६६ जना बरिष्ठ हवल्दार, एक हजार नौ सय ९२ हवल्दार र तीन हजार नौ सय ३४ जना सहायक हवल्दारमा बढुवा हुनेछन् ।एसएसपी बढुवामा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनियाँ, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन् । उनीहरुमध्ये गंगाराम सर्लाहीमा जुवा खेलेका कारण कारबाहीमा परेका अधिकृत हुन् । राजेश उप्रेती रुपन्देहीमा हुँदा अत्याधिक बल प्रया्ेगका कारण विवादमा तानिएका थिए ।त्यस्तै, सिसं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७ र ८ का डिएसपीमा बढुवा हुने भएका छन् । यो बढुवासँगै १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने भएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles