Friday, July 4, 2025

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारीकाठमाडौँ । कानून व्यवसायी भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए । उनले भने–‘पक्राउ अनुमति जारी भएको छ ।’पक्राउ पुर्जी जारी भएसँगै पहरीले उनको खोजी गर्न थालेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामाकपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।मंगलबार साँझ सवा ६ बजेतिर कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट ४७ वर्षीय सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको छ ।स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles