राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठकअघि प्रत्येक दिन संसदीय दलको बैठक बस्ने अभ्यासलाई निरन्तरता दिने भएको छ । यस अघि साउन १० गतेको प्रतिनिधिसभा बैठकअघि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । अब यो अभ्यासलाई हरेक पटक लागु गरिने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदीय दलको बैठकमा सम्बन्धित दिनको संसद् बैठकका एजेण्डामाथि छलफल हुनेछ । बैठक संसद् भवन बानेश्वर वा दलको कार्यालय सिंहदरबारमा बस्ने छ । गएको असार ३१ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रक्रिया नबुझेर बेल घेराउमा उत्रिएको रास्वपाले अब यस्ता गल्ति नदोहो¥याउन र एजेण्डामाथि सशक्त प्रस्तुत हुन नियमित बैठकको अभ्यास थालेको हो ।साभार।
