गत आर्थिक वर्षमा काम गरेर पनि भुक्तानी पाउन नसकेको भन्दै निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सोमबार प्रधानमन्त्री निवास अगाडि व्यवसायीहरुले व्यानर बोकेर विरोधमा उत्रिएका छन् । गत वर्ष आयोजनाको काम सम्पन्न गरेको बिल भौचर पेस गर्दा पनि सरकारी कार्यालयहरुले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो ।
