Sunday, April 20, 2025

१६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ स्थित भसन्थलीमा धारिलो हतियार प्रहार गरी एक जना महिलाको हत्या भएको छ । ज्यान गुमाउनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेको प्रहरीले जनाएको छ ,! आइतबार राति उनको हत्या भएको थियो ।

ताजा / भरखरै प्राप्त

हत्यामा संलग्नताका आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ ।

घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा चौधरीको वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको थियो !

Previous article
Next article
पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्योनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles