Thursday, July 31, 2025

झापा कारागार तनावग्रस्त

ताजा / भरखरै प्राप्त

झापा । जिल्ला कारागार झापामा आज दिउँसो तनावग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनावग्रस्त बनेको हो ।कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ ।

कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा उनीहरुले भित्रबाट बाहिर ढुंगामुढा गर्नुका साथै कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए । कैदीबन्दीले कारागार भित्रै बालेको आगो निभाउन प्रहरीले दकमल प्रयोग गरेको थियो ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ ।कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाइ फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए । अहिले कारागारको अवस्था साम्य भएको छ ।

Previous article
गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्नगृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो ।उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो ।
Next article
यी तीन नदीको जलसतह उल्लेख्य बढ्नेआज तीन प्रमुख नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली, कन्काई र मर्स्याङ्दी नदीको जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको छ।अन्य प्रमुख र सहायक नदीहरूमा पनि सामान्य जलसतह बढ्ने महाशाखाले जनाएको छ।आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ।आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिरहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रोल्पा, रूकुम पूर्व र पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।नदी र स-साना खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles