Tuesday, April 21, 2026

रौतहटका निजी विद्यालय आन्दोलित

ताजा / भरखरै प्राप्त

रौतहट । सरकारले तयार पारेको नयाँ शिक्षा विधेयक प्र्रति असंतुष्टि जनाउँदै रौतहटका निजी विद्यालयहरु पनि आन्दोलनमा उत्रिएका छन् ।सरकारले विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका ल्याएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ ले निजी विद्यालयहरुलाई वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सोही क्रममा बिहीबार चन्द्रपुर नगरपालिका भित्र रहेका निजी विद्यालयको प्रतिनिधित्व गर्दै निजी तथा आवासिय विद्यालय संगठन (प्याव्सन) चन्द्रपुर नगर कमिटीको नेतृत्वमा गएको निजी विद्यालयको सञ्चालकहरुको टोलीले नगर प्रमुख सञ्जय काफ्ले ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा प्रस्तुत शिक्षा विधेयकको मस्यौदाको दफा ४ उल्लेख भएको निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफाको उपदफा (३)मा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने बुँदा हटाएर हालकै अवस्थाको हुनुपर्ने प्याव्सनका केन्द्रिय सचिब केबी थापाले जानकारी दिए ।
आफुहरुको मागको सुनवाइ नगरे साउन २८ गतेबाट रौतहट लगायत देशैभरीका निजी विद्यालयका अनिश्चितकालीन बन्द गर्ने प्याव्सन चन्द्रपुरका अध्यक्ष लोक श्रेष्ठले बताए ।
साउन २८ गते बिद्यालय बन्द लगायतका विरोधका कार्यक्रम गर्दा पनि माग सुनुवाई नभए भदौ १ गतेबाट विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने लगायतका कडा संघर्षका कार्यक्रमहरु गर्ने श्रेष्ठले जानकारी दिए ।
सरकारले ल्याएको शिक्षा विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण गर्ने प्रावधानले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्दै देशको शैक्षिक अवस्थालाईनै ध्वस्त पार्ने भएकाले यसलाई सरकारले सच्याउनु पर्ने निजी विद्यालयहरुका सञ्चालकहरुको माग रहेको छ ।
२८ गतेबाट विद्यालय बन्द भएमा देशैभर रहेका करिब ८ हजार निजी विद्यालयहरुमा अध्ययनरत ३० लाख विद्यार्थी पठनपाठनबाट बञ्चित हुने भएकाले सरकार आफुहरुको मागप्रति गम्भिर हुनुपर्ने प्याव्सन रौतहटकी कोषाध्यक्ष लक्ष्मी चौहान कार्कीले बताइन ।
उनले कम्पनीमा सञ्चालन भइरहेका शिक्षण संस्थालाई गुठीमा लैजाने प्रस्ताव गर्नु गैरकानुनी र संविधानविपरीत भएको भन्दै सरकारको यस्तो स्वेच्छाचारी निर्णय देशको शैक्षिक क्षेत्रमा दुरगामी नकारात्मक प्रभाव पर्ने दावी गरिन् ।
उनले यदी निजी विद्यालयहरु बन्द भएका नेपालबाट धेरै विद्यार्थीहरु विद्यालय तहको शिक्षा लिन भारत लगायतका मूलुकहरुमा पलायन हुने अवस्था सृजना हुने भन्दै यसबाट राज्यलाई ठुलो घाटा हुने बताइन् ।
नगर प्रमुख काफलेलाइ ध्यानाकर्षण बुझाउन माउन्ट एभरेष्ट आवासिय माबिका अध्यक्ष उमेश बास्कोटा,मुनलाइट एकेडेमीका प्रिन्सीपन श्याम किशोर चौधरी,चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त आचार्य लगायतका चन्द्रपुरका निजि विद्यालयका संचालकहरुको सहभागिता रहेको थियो ।साभार।

Previous article
Next article
पर्सा जिल्ला को बिरगंजमा साउन २६ गते – सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रास्ट्रपति चूरे तराई मधेश सरंक्षण विकास समिति भरतपुर चितवन र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केंद्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केंद्र छपकैयाकाे विशेष सहयोगमा वीरगंज महानगरपालिका वडा नम्बर ०२ छपकैया स्थित ब्रहृकुमारी राज याेग सेवा केन्द्र विश्व दर्शन भवन (ओम शान्ति) जाने बाटोमा विभिन्न किसिमका उन्नत जातका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायव उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्य र ग्रीनसिटी सामुदायिक सेवा केंद्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा विभिन्न सरकारी गैर सरकारी संघ संस्था, समाजसेवी, नागरिक समाज तथा सञ्चारकर्मी हरुको उपस्थितीमा म्यागोसितिक थान ८०, बेलपत्र थान २५ र कलकी थान ४५ गरी जम्मा १५० थान बिरुवाहरु रोपियो ।वडा प्रहरी कार्यालय बिर्ताका प्र ना नि रविन्द्र साह तुरहा , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का प्र. स.नि. इन्दिवर चौधरि , नारायणी अस्पताल वीरगंजका डा. अजित साह मुकेश कुमार शरार्फ सामुदायिक प्रहरी सेवा केंद्र छपकैयाका अध्यक्ष हाजि ग्यासुदिन ठकुराई समाजसेवी किरण अग्रवाल मञ्जु देवी कदबिया दीपा शर्मा, बिजय कुमार साह ग्रीन सिटी समुदायिक सेवा केन्द्र सचिव मुर्लि जलान रतन टेमानि सदस्य चन्द्र अग्रवाल त्रिलोचन दारुका, राकेश अग्रवाल सुशिल कादमिया,ओमशान्तिका ब्रहृम कुमार गोवर्धन चौधरी वडा न.२ का पुर्व वडा सदस्य मुस्तफा अंसारी सन्चारकर्मि अजित कुमार भुजेल प्रहरी हवल्दार प्रेम राम ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर प्रहरी जवान बिबेक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles