Sunday, April 20, 2025

चोरी आरोपमा दुईजना पक्राउललितपुर । चोरी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथलीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका २३ वर्षीय सुजन सिलवाल र मोरङ घर भएका १९ वर्षीय अजय चौधरी छन् ।साउन २० मा उनिहरुले इमाडोलस्थित मन्दिरा भट्टराई पन्तको घरबाट सुन चाँदीका गहना, चाँदीकोे करुवा, नगद र मोबाइल चोरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए ।आरोपितहरुको कोठाबाट प्रहरीले चोरीको उफर, क्यामेरा, मोबाइल र चाँदीको करुवा लगायतका सामान बरामद गरेको छ । उनीहरुविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles