Sunday, April 20, 2025

एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट

ताजा / भरखरै प्राप्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान ९ बजे उनको निवास बालकोट पुगेका थिए ।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।
शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । साभार।

Previous article
चोरी आरोपमा दुईजना पक्राउललितपुर । चोरी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथलीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका २३ वर्षीय सुजन सिलवाल र मोरङ घर भएका १९ वर्षीय अजय चौधरी छन् ।साउन २० मा उनिहरुले इमाडोलस्थित मन्दिरा भट्टराई पन्तको घरबाट सुन चाँदीका गहना, चाँदीकोे करुवा, नगद र मोबाइल चोरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए ।आरोपितहरुको कोठाबाट प्रहरीले चोरीको उफर, क्यामेरा, मोबाइल र चाँदीको करुवा लगायतका सामान बरामद गरेको छ । उनीहरुविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles