Saturday, April 19, 2025

प्रहरीको ‘पाशविक यातना’का कारण संखुवासभा कारागारमा २ कैदीको ज्यान गएको इन्सेककाे निष्कर्षनेपालबहस संवाददाता

ताजा / भरखरै प्राप्त


३२ साउन, काठमाडौं । संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुई कैदीबन्दीको मृत्यु प्रहरीको ‘क्रुर र पाशविक यातना’बाट भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् । घटनामाथि छानबिन गर्न सरकारी पक्षकाट गठित विभिन्न समितिहरुको प्रतिवेदन आउनुपहिल्यै आज इन्सेक लगायत मानवअधिकारवादी संगठनहरुले यस्तो निष्कर्षसहितका अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हाे ।

संखुवासभा कारागारबाट यही साउन २३ गते मंगलबार राति शौचालयको झ्याल फोडेर भाग्न खोजेको भनिएका बलात्कार मुद्दामा कैद सजाय काटिरहेका संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र चोरी मुद्दाका नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्रै हत्या भएको थियो ।

संगठनहरुले आज सार्वजनिक गरेको रिपोर्टले हत्याको भोलिपल्ट कारागार वरपरका स्थानीयले दुई कैदीको हत्या भएको भनी दिएको भनाइ पुष्टि गरेको छ । उनीहरुले घटना भएको राति साढे १ बजेतिर आफूहरुले प्रहरीले दुई जनालाई अर्धनग्न बनाएर लाठीले कुटिरहेको र कुटाइ खानेहरुले ‘ऐय्या, ऐय्या मरेँ आमा’ भनेको सुनेको र प्रहरीले ‘हान, खुट्टामा हान खुट्टामा हान’ भन्दै कुटेको देखेको विवरण संचारकर्मीहरुलाई बताएका थिए । प्रतिवेदनमा यातना ३ घण्टासम्म दिएको दाबी गरिएकाे छ ।

भाग्न खोजेपछि नियन्त्रणमा लिएर कारागार प्रशासनलाई राति नै बुझाएको दाबी प्रहरीले गर्दै आइरहेको बेला तोलांगी बलामीको मृत्यु नियन्त्रणमा लिएपछि केही संख्यामा प्रहरी मिलेर चरम शारीरिक यातना दिएका कारण दुवै जनाको ज्यान गएको निष्कर्ष घटनाको अनुगमनपछि फर्किएको इन्सेकको कोशी प्रदेश समितले आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । ईन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले कैदी तोलांगी र बलामी ज्यान प्रहरीको अमावीय यातनाकै कारण भएको पाइएको बताए । यातना दिन रड, लाठी र चरम रुपमा बल प्रयोग भएको पाइएको उनले बताए ।

दुवै जनाको मृत्यु कारागारभित्रै भएपछि मात्र उपचारका लागि भन्दै जिल्ला अस्पताल खाँदबारीमा पुर्याइएको देखिएको र उपचारका क्रममा मृत्यु भएको प्रपञ्च रचेको उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले दुई कैदीको ज्यान जाने घटनामा राज्यका निकायबाटै ज्यान लिने कुरा ज्यादी गम्भीर रहेको बताए । राज्यको गम्भीर प्रकृतिको लापरबाहीको नमूना भएको उनको भनाइ छ ।

हत्यापछि खाँदबारी पुगेका परिवारका सदस्यले कैदीको मृत्यु नभई हत्या भएको भन्दै शव बुझ्न नमानेपछि प्रहरीको प्रदेश कार्यालय र जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो । समितिले घटनाबारे रिपोर्ट ल्याइसेको छैन ।

हत्यामा संलग्नताविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ताँ गरेपछि मात्र ६ दिनपछि दुवै जनाको शव परिवारका सदस्य बुझेका थिए । घटनापछि प्रहरीले कैदीबीचको झडपमा परी दुई जनाको ज्यान गएको बताएको थियो । त्यसमा ९ जना कैदीलाई समेत पक्राउ गरी हिरासतमा राखेर अुनसन्धान सुरु समेत गरिएको थियो । पक्राउपछि प्रहरीले हत्या गरेको घटनामा आफूहरुलाई फसाउने खोजेको भन्दै कैदीहरुले कारागारभित्रैबाछ प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए । तर विश्वस्त हुने आधार नभेटिएपछि घटनाको अनुसन्धान मानवअधिकारी संस्थाहरु खटिएका थिए ।

घटनामा संलग्नतामा आरोपमा कारागार सुरक्षामा खटिएका प्रहरी असई लक्ष्मी चौधरी हिरासतमा छन् । निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन् । उनलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ । कुटपिटमा थुप्रै जनाको संलग्नता रहेको संगठनहरुको दाबी छ । शव हेर्दा खुट्टामा रड घोपिएको, शरीरमा फलामको गहिरो चोट लागेको, घटनाबारे विस्तृत रुपमा प्रतिवेदन छिट्टै सार्वजनिक गरिने जनाएका छन् ।

यो पनि पढ्नुहोस

संखुवासभा कारागारका २ कैदीबन्दीको मृत्यु प्रहरीको यातनाबाट भएको आशंका

नेपाल प्रहरी

Previous article
Next article
आन्तरिक अर्थतन्त्र डामाडोलचेक बाउन्स र कालोसूचीमा पर्नेको संख्या लगातार बढिरहेसरकारले अर्थतन्त्रको बाह्य सूचक सुधार हुँदै गएको तथ्यांक सार्वजनिक गरे पनि आन्तरिक अर्थतन्त्र डामाडोल भइसकेको तथ्याङ्क हरेक दिन औसतमा १२४ ऋणी कालोसूचीमा परिरहेको मुद्दाले बताउँछ । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको चेक बाउन्स र कालोसूचीमा पर्ने व्यवसायीको संख्याले अर्थतन्त्र बेसरी बिग्रिएको संकेत गरिरहेको छ । कालोसूचीमा परेकामध्ये अधिकांश चेक बाउन्ससँग सम्बन्धित छन् । प्रहरीमा पनि बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा बढी छ । यस आर्थिक वर्षमा त बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा एक सय ३५ प्रतिशतले बढेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको चालू आर्थिक वर्ष २०७९÷८० को चैतसम्मको तथ्यांकमा चेक बाउन्सका मुद्दा ८ हजार ६९१ वटा दर्ता भएका छन् । ती मुद्दामा १७ अर्ब १० करोड रुपैयाँ बराबर बिगो छ । यो वर्षको चैतसम्ममा दर्ता भएका मुद्दामा १५ सय १२ जना पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ । चेक बाउन्सको यस्तो मुद्दा गत आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार ३७० वटा भए पनि माग गरिएको रकम भने ६ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो । गत वर्ष यस्तो चेक बाउन्सको मुद्दामा १४ सय ३८ जना पक्राउ परेका थिए ।गत वर्षको तुलनामा यो वर्ष मुद्दाको संख्या ६१ प्रतिशतले बढेको छ । तर, गत आर्थिक वर्षमा ६ अर्ब ७१ करोड रुपैयाँको चेक बाउन्स मुद्दा प्रहरीकोमा आएकोमा यसपटक १७ अर्ब १० करोड रुपैयाँ ९ महिनामै पुगेको छ । यसले पनि ठूलो रकमको चेक बाउन्स बढेको देखिन्छ ।पछिल्लो समय अर्थतन्त्र नै बिग्रिएका कारण कालोसूचीमा पर्ने व्यवसायीको संख्या समेत बढेको छ । पछिल्लो नौ महिनामा नै कालोसूचीमा पर्ने ऋणीको संख्या २१ हजार ९०८ पुगिसकेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को एक वर्षमा कालोसूचीमा पर्नेको संख्या १२ हजार ७१५ मात्रै रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार ६९ हजार ऋणी कालोसूचीमा छन् । जबकि अघिल्लो वर्ष २२ हजार ८४३ ऋणी कालोसूचीमा थिए ।पछिल्लो एक वर्षमा बैंकिङ कसुरसम्बन्धी मात्र १२ हजार ६ सयभन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । अघिल्लो वर्ष यस्ता ५ हजार ३ सय ८३ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७४ र ७५ मा सात सय ७६ वटा मात्र यस्ता मुद्दा दर्ता भएका थिए । प्रहरीमा दर्ता बैंकिङ कसुरका मुद्दामध्ये ९९ प्रतिशत चेक बाउन्ससँग सम्बन्धित छन् भने ६० प्रतिशत जाहेरी काठमाडौं जिल्लामा मात्र दर्ता छन् ।प्रहरी मुख्यालयको पछिल्ला ६ वर्षको आँकडा हेर्ने हो भने १७ सय गुणाले बैंकिङ कसुरका अपराध बढेको देखिन्छ । कालोसूचीमा पर्नेको संख्यामा बढोत्तरीसँगै बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने सम्पत्ति लिलामीको सूचना तथा कर्जा तिर्न आउने सूचनाको संख्या पनि लगातार बढिरहेको छ ।कालोसूचीको पर्नेको संख्या ह्वात्तै बढ्नुका कारण के ? कसरी बिग्रियो कारोबारको चक्र ? बजारमा बढ्दो चेक–बाउन्स आतंक किन ? समयमा साँवा ब्याज तिर्न नसक्ने ऋणीबाट असुली कसरी ? चेक बाउन्स कसुरमा हुने भनिएको लचिलो व्यवस्था कस्तो ?बैंकिङ कसुर गरेर कालोसूचीमा परेमामाथि राष्ट्र बैंकको कारबाहीमा होला पुनर्मुल्याङ्कन ? चेक बाउन्स अपराध मात्रै हो कि आर्थिक संकटको उपज पनि ? नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पछिल्लो समय अर्थतन्त्र नै बिग्रिएका कारण व्यक्तिगतदेखि संस्थागतसम्मका कारोबार नमिलेको बताउँछन् । अर्थतन्त्रमा देखिएको संकटको असर बजारमा पर्न थालेकाले त्यसको परिणामस्वरूप चेक बाउन्सका घटना बढेको हुन सक्ने ढकालले बताए ।पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी जनतेचना बढेका कारण पनि मुद्दा बढेको हुनसक्ने उनको अनुमान छ ।अर्थतन्त्रमा संकुचन आएको महसूस आम नागरिकसम्मले गर्न थालिसकेका छन्, जसका कारण अहिले जे जति समस्या देखिएको छन्, ती समस्या समाधान नगर्ने हो भने अझै बढ्न सक्ने चिन्ता निजी क्षेत्रले गरिरहेको छ ।निजी क्षेत्रले सरकारसँग अर्थतन्त्र चलायमान बनाउन सकिने उपाय खोजी गर्न र समस्याको समाधान छिटोभन्दा छिटो गर्न आग्रह गरिरहेको छ ।सर्वोच्च अदालतले रकम नभएर चेक नसाटिए अर्थात चेक बाउन्सको विषय बैंकिङ कसुर भएको ठहर गरेको छ । सर्वोच्चले बैंक खातामा रकम छैन भन्ने जान्दाजान्दै चेक काट्नुलाई बैंकिङ कसूर नै भएको फैसला सुनाएको हो । भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटकपटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने व्यवस्था छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles