
सांसद साहले उक्त हत्याकाण्ड नरसंहार रहेको र यसमा संलग्नलाई राजनीतिक संरक्षण नदिन चेतावनी दिए । उनले गौरमा राजनीतिक कार्यक्रममा सहभागी युवक, युवतीलाई नियन्त्रणमा लिएर विभत्स तवरले हत्या भएको बताए । ‘घटना हत्याकाण्ड मात्र होइन, नरसंहार हो, महिलालाई स्तन काटेर, संवेदनशील अंगमा भाटा र रडले घोचेर हत्या गरिएको छ’ साहले भने, ‘त्यस किसिमका मानवताविरोधी नरसंहारका दोषीलाई जोगाउने गरी सरकारका रहेका दलहरुले निर्णय गरेका छन्, त्यो अस्वीकार्य छ ।’ हत्यापछि हत्यामा संलग्न र योजनाकारविरुद्ध प्रहरीमा जारी समेत दिइसकेको र त्यसमा प्रहरीले नियतबस अनुूसन्धान नगरेको उनले बताए । ‘प्रहरी मारिँदा जाहेरी नपरेपनि अनुसन्धान हुने, तर नागरिक मारिँदा जाहेरी परेपनि प्रहरी किन मौन बस्छ, के प्रहरीको नियतमाथि सोच्ने बेला आएको हो ?’
दाेषीलाइ पक्राउ गरी अनुसन्धान नगरिए त्यसबाट उत्पन्न परिणामकाे जिम्मेवारी सरकार हुनुपर्ने उनकाे भनाइ थियाे । उनले आफूमाथि लगाइएकाे आराेपकाे समेत खण्डन गरे ।
सरकारमा सहभागी दलहरुको गठबन्धन बैठकले गौर हत्याहत्याकाण्डको अनुसन्धान तत्कालका लागि अगाडि नबढाउने सहमति कायम गरेका थिए । हत्याकाण्डमा सरकारमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य योजनाकारको रुपमा प्रहरीमा जाहेरी परेको बताइएको छ । सो हत्याकाण्डमा मारिएकाका परिवारका सदस्यहरूले दोषीलाई कारवाहीको माग गर्दै संघर्ष गर्दा सरकार (गृहसचिव)ले साउनको अन्तिम हप्ता ५ बुँदे सहमति गर्दै प्रहरीमा परेका जाहेरीमाथि अनुसन्धान तत्काल अगाडि बढाउने भनिएको थियो ।
त्यसलाई लिएर जसपाले काठमाडौं पत्रकार सम्मेलन गरेर हत्याकाण्डमा जसपा र अध्यक्ष यादवको कुनै संलग्नता नरहेको बताएको थियो । जसपाका नेता राजकिशोर यादवले पत्रकार सम्मेलनमै हत्याकाण्डका मुख्य जिम्मवार प्रभु साह रहेको आराेप समेत लगाएका थिए ।
यो पनि पढ्नुहोस
गौर हत्याकाण्डमा प्रभु साह जिम्मेवार : जसपा
राजनीति