जनमत पार्टीका अध्यक्ष सीके राउत दिल्ली भ्रमण सकेर काठमाडौ फर्किए लगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । यादव केरेलाको कोचीमा हुने एक वैवाहिक कार्यक्रममा भाग लिन भारत गएको बताइएको छ । तर, यादव राजनीतिक भ्रमणमा निस्किएको दाबि गरिएको छ । दिल्लीसँग सम्बन्ध बिग्रिएका कारण सीकेले सक्रियता बढाएपछि उपेन्द्रमा छटपटी देखिन पुगेको बताइन्छ । यहि पेरिफेरिमा यादव दिल्ली प्रस्थान गरेपछि उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ ।
